Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अग्रता जोगाउन नसक्दा मछिन्द्र पुलिससँग पराजित, चर्च ब्वाइज उपाधिबाट एक जित टाढा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र एफसीले अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबबसँग २-१ ले पराजित भएको छ ।च्यासल रंगशालमा आइतबार भएको खेलमा मोसेस ट्वामले दोस्रो हाफमा दुई गोल गरेपछि पुलिसले मछिन्द्रमाथि पुनरागमन जित निकालेको हो । आफिज ओलावाले २७औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए पनि कायम राख्न सकेन ।

७५औं मिनेटमा मोसेसले पुलिसका लागि बराबरी गोल फर्काए । ८१औं मिनेटमा मोसेसले व्यक्गत दोस्रो गोल गर्दै पुलिसलाई जित दिलाए । मछिन्द्रका लागि ओलावाले अफिजले खेलको इञ्जुरी समयमा राम्रो प्रहार गरे पनि त्यो बल दोस्रो बारहुँदै बाहिरियो । सोही थप गरिएको समयमा मछिन्द्रका खेलाडीले ह्याण्ड बलको माग गरेका थिए, तर रेफ्री प्रज्वल क्षेत्रीले भने उक्त निर्णय लिएनन् ।

सोही निर्णयलाई लिएर मछिन्द्र क्लबका खेलाडी विवादमा उत्रिए पछि आशिष श्रेष्ठको रातो कार्ड खाए । खेल सकिएपछि म्यानेजरदेखि सबैले खेल सकिएपछि रेफ्रीसँग विवाद नै गरे । पोष्टम्याचमा मछिन्द्रका प्रशिक्षक किशोर केसील रेफ्रीको निर्णयले गर्दा आजको खेल प्रभावित भएको आरोप लगाए । ‘आजको खेलमा रेफ्रिको निर्णय चाँही आज साह्रै नै घिनलाग्दो देखियो’, उनले भने ।

यस हारले मछिन्द्रको लगातार तेस्रो पटक लिग जित्दै उपाधिमा ह्याट्रिक गर्ने योजनामा ठूलो धक्का लागेको छ भने शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडलाई फाइदा पुगेको छ । मछिन्द्रमाथि ५ अंकको अग्रता कायम राखेको चर्च ब्वाइजले अब बाँकी दुई मध्ये एक खेल जिते स्वत च्याम्पियन हुनेछ ।

२४ खेलबाट चर्च ब्वाइजको ४४ अंक छ । समान खेलबाट मछिन्द्रको ३९ अंक छ । पुलिसले पनि मछिन्द्रलाई हराएपछि तेस्रो स्थानको जावालखेल युथ क्लबको समान ३७ अंक जोडेको छ र शीर्ष तीनमा लिग सकाउने सम्भावना बलियो बनाएको छ ।

पुलिस हेड टु हेडमा भने जावलाखेल भन्दा पछि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४