Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ए डिभिजन लिगमा आज चार खेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा आज चार खेल हुँदैछ । दिउँसो तीन बजे तीन फरक मैदानमा एकैपटक खेल हुनेछ भने साँझ ६ बजे अर्को खेल हुनेछ । २४औं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक एक खेल हुनेछ । उपाधि होडमा रहेको दोस्रो स्थानको मछिन्द्रले च्यासल मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल तीन बजे सुरु हुनेछ ।

शीर्ष स्थानको चर्च ब्वाइजसँग पाँच अंकले पछि रहेको मछिन्द्रका लागि उपाधि होडमा रहन पुलिसविरुद्ध जित्नैपर्ने अवस्था छ । यदि मछिन्द्रले बराबरी खेले चर्च ब्वाइजलाई उपाधि जित्न अझ सहज अवस्था बन्नेछ । मछिन्द्र पराजित भएमा भने उपाधि रक्षा अभियान कठिन बन्नेछ । मछिन्द्र २३ खेलबाट ३९ अंकजोडेर दोस्रो छ भने समान खेलबाट ३४ अंकसहित पुलिस चौथो स्थानमा छ ।

पुलिसलाई पनि आजको खेल जितेर लिगमा शीर्ष तीनमा रहने लक्ष्यमा अघि बढ्न चाहन्छ । मछिन्द्रलाई हराएमा पुलिसले तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्नेछ । बाँकी तीन खेलमा रेलिगेसनबाट बच्चका लागि संघर्ष गरिरहेका क्लबहरु खेल्दैछ ।

दशरथ रंगशालमा दिउँसो तीन बजे एनआरटी हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । हिमालयन शेर्पा २३ खेलमा ३० अंक जोडेर आठौं स्थानमा छ भने समान खेलबाट एनआरटी २९ अंक जोडेर १० औं स्थानमा छ । आजको खेलमा विजयी हुने टिमले रेलिगेसनबाट लगभग बच्नेछ । पराजित हुने टिमलाई भने असर गर्नेछ ।

यस्तै पुछारमा रहेको खुमलटार र रेलिगेसन जोनभन्दा २ अंकले मात्र अघि रहेको संकटा क्लबबीच एन्फा कम्प्लेक्समा तीन बजे खेल हुनेछ । संङ्कटा २३ खेलबाट २७ अंकसहित १२औं स्थानमा छ भने खुमलटार २४ अंकसहित पुछारमा छ । दुवैले लिगअघि राम्रो टिम निर्माण गरे पनि मैदानमा भने संघर्ष गरिरहेका छन् ।

खुमलटारका लागि रेलिगेसनबाट बच्न बाँकी तीनवटै खेल जित्नुपर्ने अवस्था छ । त्यसैले आजको खेल उसका लागि महत्वपूर्ण छ । संकटाका लागि पनि संकट टार्नका लागि तीन अंकको खोजीमा हुनेछ ।

यस्तै रेलिगेसन जोमा रहेको अर्को क्लब फ्रेण्ड्सले साँझ ६ बजे दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ २३ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा छ । आजको जितले मनाङको रेलिगेसन चिन्ता टर्नेछ । फ्रेण्ड्स भने २५ अंकसहित १३औं स्थानमा छ । फ्रेण्ड्सका लागि रेलिगेसनबाट बच्न आजको खेल जित्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४