Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन २ प्रतिशत भन्दा कम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १९ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ ।

जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् ।

५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

हिन्दु र बौद्ध घट्दा क्रिश्चियन बढ्यो

राष्ट्रिय जनगणना – २०६८ अनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए । उनीहरुको संख्या थोरै घटेको पाइएको छ ।

जनगणना २०७८ अनुसार हिन्दु ०.११ र बौद्ध धर्मावलम्बी ०.७९ प्रतिशत घटेका छन् ।

इस्लाम, किराँतसँगै क्रिश्चियन धर्म मान्नेहरुको संख्या भने थोरै बढेको छ । जनगणना २०६८ अनुसार इस्लाम धर्म मान्नेहरु ४.४ प्रतिशत थिए । यो ०.६९ बढेर ५.०९ प्रतिशत पुगेको छ ।

किरात धर्म मान्नेहरुको संख्या ०.०७ प्रतिशत बढेको छ । २०६८ मा ३.१ प्रतिशत रहेको किराँत धर्मावलम्बीहरुको संख्या यो पटक ३.१७ प्रतिशत पुगेको छ ।

क्रिश्चियन धर्म मान्नेहरुको संख्या ०.३६ प्रतिशत बढेको छ । २०६८ मा १.४ थियो, जुन यो पटक बढेर १.७६ पुगेको छ ।

यस्तै प्रकृति, जैन र शिख धर्म मान्नेहरुको संख्या केही कम हुँदा बोन धर्मावलम्बीको संख्या भने थोरै थपिएको छ ।

कुन धर्म मान्ने कति ?

धर्म जम्मा प्रतिशत पुरूष महिला
हिन्दु २३६७७७४४ ८१.१९ ११५८७५२९   

१२०९०२१५

बौद्ध २३९३५४९ ८.२१ ११५९७९० १२३३७५९
स्लाम १४८३०६६ ५.०९ ७३२००६ ७५१०६०
किराँत ९२४२०४ ३.१७ ४५११९३ ४७३०११
क्रिस्चियन ५१२३१३ १.७६ २४०२०६ २७२१०७
प्रकृति १०२०४८ ०.३५ ४८५२५ ५३५२१
बोन ६७२२३ ०.२३ ३१९६८ ३५२५५
जैन २३९८ ०.०१ १२३६ ११५९
बहाइ ५३७ ०.०० २३४ ३०३
शिख १४९६ ०.०१ ८५९ ६३७
जम्मा २,९१,६४,५७८ १०० १,४२,५३,५५१ १,४९,११,०२७

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४