Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“गगनकुमार थापा भन्छन्”कांग्रेसभित्र पार्टी सुधार चाहने र परिवर्तन हुन नदिने दुई गुट छन्


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १९ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा परम्परागत गुट सकिएको बताएका छन् ।

पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको थापाले बताए । नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको उद्घाटनमा बोल्दै महामन्त्री थापाले भने, नेपाली कांग्रेस बदल्ने र नेपाली कांग्रेसलाई सुधार गर्न नचाहने गुट छ । परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं ।

सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब नसहने थापाले चेतावनी पनि दिएका छन्  । सभापतिका कारणले नेपाली कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको थापाको जिकिर रहेको छ ।

उनले भने, ‘टुल टुल हेरेर बसिन्न् । नेपाली कांग्रेस बदलिन्छ । संघर्ष गर्ने हो ।’ निर्णय गर्ने पूर्ण अधिकार सभापतिलाई विधानले दिएकाले पनि समस्या भएको उनको तर्क रहेको छ ।

नेपाली कांग्रेस सम्मिलित सरकारले एक पछि अर्को गलत क्रियाकलाप गरिरहेको थापाले बताएका छन्  । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको व्युँताउने कार्य गलत भएको थापाले बताएका छन्  ।

पार्टी सभापतिको बलमा सरकारले गरेका निर्णयहरु पछि मात्रै थाहा पाएको थापाले बताएका छन्  ।

केन्द्रदेखि स्थानीय तहसम्म नेपाली कांग्रेस सरकारमा भए पनि २०८४ सालको चुनाव हेरेर अहिले निराशा कार्यकर्तामा देखिएको उनले बताएका हुन्  । ‘वडा, पालिका, प्रदेशमा नेपाली कांग्रेसले जितेको छ । आजको दिनमा नेपाली कांग्रेस सबै भन्दा ठूलो राजनीतिक पार्टी हो । साढे चार वर्ष चुनावपछिको चुनाव हार्छौं भनेर चिन्ता व्यक्त गर्नुभएको छ,’ थापाले भने, ‘साथीहरुले सबै सकियो, गयो गयो भनिरहेको सुन्छु । सबैतिर जितेर पनि किन यस्तो भएको?

समस्या हल गर्ने र भविष्यको आशा देखाउने विश्वास गुमाएकाले नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको थापाले बताएका छन्  । ‘आजको समस्या नेपाली कांग्रेसले हल गर्छ भन्ने नागरिकलाई लागेको छैन । भोट पाएका छौं, विश्वास गुमाएका छौं,’ उनले भनेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४