Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यका बाहिर जाने सवारी साधनलाई गोंगबू बसपार्क केन्द्रीत गर्न महानगरको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १९ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने यातायातका साधनहरुलाई गोंगबु बसपार्क केन्द्रीत गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेभित्रै बसपार्क बाहिर रहेका लामो तथा मध्यम दुरीका यातायातका साधन गोंगबू बसपार्कबाट सञ्चालन हुने व्यवस्था गर्न र बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु बन्द गर्न निर्देशन दिएको हो ।

सरोकारवालाहरुसँगको बैठकबाट यस्तो निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशनको अवज्ञा गर्नेहरुलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

ठाउँ ठाउँबाट टिकट बुक गर्ने, सवारी साधनहरु छुट्ने, जथाभावी पार्किङ गर्ने तथा जहाँ पायो त्यहीबाट यात्रु चढाउने र ओराल्ने गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापन लथालिङ्ग भएकाले सरोकारवालाहरुसँगको छलफलबाट यस्तो निर्णय गरिएको महानगरपालिकाको भनाई छ ।

यस्तै धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत लिएका सवारी साधनहरूलाई पनि कलङ्कीदेखि जडीबुटीसम्मको क्षेत्रमा रोक्न निषेध गरिएको पनि महानगरले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४