Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“दरबार हत्याकाण्डको २२ वर्ष पुरा राजा वीरेन्द्रको वंशनाश भएको २२ वर्ष खुलेन रहस्य अझै”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १९ २०८०
  • 2.6K
    SHARES

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २२ वर्ष पूरा भएको छ ।

१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दीपेन्द्र र नीराजन तथा युवराज्ञी श्रुति शाह लगायतको ज्यान गएको थियो । हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए ।

उक्त घटनाको यथार्थ भने अझै पनि रहस्यमय नै छ । घटनालगत्तै गठित छानविन समितिले युवराज दिपेन्द्रले राजारानीलगायतको हत्या गरी आफुले आत्महत्या गरेको प्रतिवेदन दिए पनि सर्वसाधारण भने त्यसलाई स्वीकार्न तयार छैनन् ।

घटनामा राजा वीरेन्द्रका वंशसहित पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय उक्त घटना रहस्यमै रहने प्रबल संभावना बढेको छ ।

हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्र्यान्ड डिजाइन’को संज्ञा दिएका थिए । तर अहिलेसम्म त्यो ‘ग्र्यान्ड डिजाइन’ के थियो र हत्या कसले र किन गर्‍यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।

तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानबिन आयोगले युवराज दीपेन्द्रले नै राजपरिवारको हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, सो प्रतिवेदनप्रति आम जनता अहिले पनि विश्वस्त हुन सकिरहेको देखिँदैन ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् । हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४