Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अत्यधिक गर्मी बढेपछि मोरङ र सुनसरीका विद्यालयहरु बन्द गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १८ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पूर्वी तराईका जिल्लाहरुमा विद्यालय बन्द गर्न थालिएको छ । मोरङ र सुनसरीका स्थानीय तहहरुले धमाधम विद्यालय बन्द गर्न थालेकाे हो । चर्को घाम र अत्यधिक गर्मीमा विद्यार्थीहरु विद्यालय पुग्न मुश्किल भएको र कक्षा कोठामा बसेर पढ्नसक्ने अवस्था समेत नभएको भन्दै विद्यालयहरु बन्द गर्न थालिएको हो ।

विराटनगर उपमहानगरपालिकाकाले गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै बिहीबार र शुक्रबार महानगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिएको छ ।

बुधबार विराटनगरको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो । यस्तै सुनसरीका तीन वटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । इनरुवा नगरपालिकाले बिहीबारदेखि लागू हुने गरी जेठ २४ गतेसम्मका लागि एक साताको बिदा दिएको छ ।

वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको ईनरुवाका मेयर बताएका छन् । त्यस्तै ईटहरी उपमहानगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गरेको छ भने भोक्राहा नरसिंह गाउँपालिकाले बिहीबारदेखि एक साताका लागि बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४