Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सूर्यमुखी, सोयाबिन र पाम तेलसहित तोरीको आयात सहुलियत खारेज वनस्पति घिउ तेल उत्पादक संघले जनाए आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १६ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । सरकारले तेस्रो देशबाट नेपाल आयात हुने सूर्यमुखी तेल, पाम, सोयाबिन र तोरीको गेडा तथा कच्चा पदार्थमा दिंदै आएको सहुलियत कटौती गरेको छ । बजेटले घोषणा गरेको नयाँ भन्सार महसुलअनुसार अब यी वस्तुको आयातमा साबिकको ५ र १० प्रतिशत महसुल लाग्ने छ ।

रुस–युक्रेन युद्धका कारण नेपाली तेल उद्योगहरु मर्कामा परेको भन्दै गत वर्ष तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले ५० देखि ९० प्रतिशतसम्म महसुल छुट दिएका थिए ।

जसअनुसार सूर्यमुखी तेलको कच्चा पदार्थ, भटमास र पाममा १० प्रतिशत लाग्ने महसुल १ प्रतिशतमा ल्याइएको थियो भने तोरीको तेलको कच्चा पदार्थ र तोरीको गेडामा भन्सार ५ प्रतिशतबाट ९० प्रतिशत छुट दिएर ५० पैसामा सीमित गरिएको थियो ।

निर्वाचनको मुखैमा उपभोक्ता र बजार मूल्यमा खासै फाइदा नगरेको उक्त छुट घोषणाप्रति तत्कालीन अर्थमन्त्री शर्माको आलोचना समेत भएको थियो । तर, सरकारले यस पटक उक्त छुटलाई खारेज गरेर पुरानै अवस्थामा पुर्‍याएको छ ।

अब सूर्यमुखी तेलको कच्चा पदार्थ, भटमास र पामको कच्चा पदार्थ आयातमा १० प्रतिशत महसुल लाग्ने छ भने तोरीको तेलको कच्चा पदार्थ र तोरीको गेडा आयातमा ५ प्रतिशत नै भन्सार महसुल लाग्ने छ ।

तेलमा दिइँदै आइएको सहुलियत नयाँ बजेटसँगै हटेको अर्थ मन्त्रालयले जनाएको छ । ‘सहुलियत दियौं तर यसको फाइदा जनताले पाए पाएनन् भन्नेमा निश्चित भएनौं,’ स्रोतले भन्यो, ‘यसबाट उद्योगले एक वर्षमा राम्रै सहुलियत लिए अब त्यो कार्यक्रम सकियो ।’

सरकारले बजेटमार्फत गरेको व्यवस्थाप्रति नेपाल वनस्पति घिउ तेल उत्पादक संघले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष सन्दीप अग्रवालले तेल उद्योगले अर्थतन्त्रमा पु¥याएको योगदानमा असर पर्नेगरी भन्सार दरको व्यवस्था भएको भन्दै सच्याउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४