Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुजरातलाई हराउँदै चेन्नाईले जित्यो आइपिएल क्रिकेटको उपाधि


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १६ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ ।

अहमदाबादमा आइतबार रोकिएर सोमबार बेलुका भएको खेल चेन्नाईले डि.एल पदतीको आधारमा ५ विकेटले जितेको हो ।

खेलमा पहिला व्याटिङ गरेको साविक विजेता गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । उसका लागि साइ सुदर्शनले ९६ रन जोड्दा रिघिमन शाहले ५४ रन शुबमन गिले ३९ रन जोडे ।

जवाफमा २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो । पानी रोकिएपछि चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पायो ।

अन्तिम दुई बलमा १० रन चाहिएको अवस्थामा रविन्द्र जडेजाले एक छक्का र एक चौका प्रहार गर्दै टोलीलाई ५ विकेटले विजयी गराएका हुन् ।

जितसँगै चेन्नईले आइपिएल क्रिकटमा सर्वाधिक ५ पटक उपाधि जित्ने मुम्बइ इण्डीयन्सको किर्तीमान बराबरी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४