Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीद्वारा भारत भ्रमणबारे संसदमा जानकारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १६ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराउनुभएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी गराउनुभएको हो ।

उहाँले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी रहेको बताउनुभयो ।

उहाँले व्यापार, पारवहन, लगानी प्रवद्र्धन, उर्जामा व्यापार, तथा अन्तरदेशीय विद्युत प्रशारण लाइन, सिंचाई, बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल, आन्तरिक कन्टेनर लगायतका विषयमा छलफल हुने स्पष्ट पार्नुभयो । उहाँले हवाई मार्गको सहजता एवं सुदूरपश्चिम प्रदेशका सीमावर्ती जिल्लाहरुलाई भारतसँग जोड्ने मोटरेबल र झोलुंगे पुलको बारेमा छलफल हुने पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालका विभिन्न जलविद्युत उत्पादन हुने नदीमा नेपालको हीत सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने, जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय हाम्रो प्राथमिकताको विषय रहने बताउनुभयो । उहाँले नेपालका विभिन्न जलविद्युत उत्पादन हुने नदीमा नेपालको हीत सुनिश्चित गरी भारतीय लगानी भित्र्याउने, द्विपक्षीय उर्जा व्यापारका लागि ट्रान्समिसन लाइन लगायतका संरचनाको निर्माण गर्ने, जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने विषय रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषय यो पटक ठोस कुराकानी गर्ने र पञ्चेश्वर परियोजनाको डिपआिर टुंगोमा लैजानका लागि छलफल हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भ्रमणमा सीमा समस्या लगायतका कतिपय विषय सम्बोधन गर्नेगरी छलफल हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४