Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मलाई सरकारले गोली ठोक्छ, प्रर्दशनकारीले ढुंगा हान्छन् : स्वास्थ्यमन्त्री लिम्बु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १४ २०८०
  • 3.4K
    SHARES

काठमाडौँ । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले स्वास्थ्य मन्त्रालयमा भएको तोडफोडकोका कारण मन्त्रालय अस्तव्यस्त भएको बताएकी छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले स्वास्थ्य मन्त्रालय आन्दोलनकारी र सुरक्षा निकायको टार्गेटमा परेको जानकारी गराएकी छन्  ।

स्वास्थ्य मन्त्रालय दोहोरो मारमा परेको कारण रणभूमिको मैदान बनाइएको उनले बताइन् । प्रदेशको औषधी, खोप तथा स्वास्थ्यसँग सम्बन्धित गर्नुपर्ने स्वास्थ्य मन्त्रालयलाई सुरक्षा दिन नसकेको बारे प्रश्न उठाइन् । उनले आफू असुरक्षित रहेको समेत सदनलाई जानकारी गराइन् । पहिचान पक्षधर भएकै कारण सरकारले १ नम्बर टार्गेटमा आफूलाई राखेको समेत आरोप लगाइन् ।

‘मेरो सुरक्षा र मेरा परिवारको सुरक्षा कसले लिने,’ उनले भनिन्, म यो भूमिको भूमि पुत्र हैन ?

सरकार पक्षबाट अश्रुग्याँस प्रहार भएको, प्रदेश स्वास्थ्य निर्देशनालयको गाडी फुटाइएको, प्रदर्शनकारीहरूले मन्त्रालय भित्र तोडफोड गरेको उनले बताइन् । शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने काम भएको उनले बताएकी छिन् ।

‘म बस्ने चेम्बरमा गोली हान्ने काम भएको छ, त्यसको न्याय कसले दिने उनले भनिन्, त्यहाँ भित्र म भएको भए मलाई गोली लाग्ने थियो ।

उनले पार्टीको निर्णय अनुसार आफू सरकारमा रहेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयको आर्थिक वर्षको अन्त्यको लागि हलमा समीक्षा भएको कारणले मात्र आफू सुरक्षित हुन सफल भएको बताइन् ।

‘सरकारले गोली ठोक्ने मलाई, प्रदर्शनकारीबाट ढुङ्गा हान्ने मलाई अनि मैले के गर्ने,’ मन्त्री लिम्बुले भनिन्, ‘मलाई जवाफ चाहियो, देवकोटा चोकमा त्यति धेरै सुरक्षाकर्मीहरू हुँदा स्वास्थ्य मन्त्रालयमा ४ जना मात्र सुरक्षाकर्मी किन राखियो ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४