Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १४ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मी प्रकाउ परेका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरेको धर्नाबाट कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले पक्रेको हो ।

शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नु पर्ने, तीन तहको सरकारले सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर्नु पर्ने, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर्नु पर्ने माग राखेर धर्ना दिएको थियो ।

मानव अधिकार तथा शान्ति समाजका अनुसार समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवाहरु अर्जुन पराजुली, उत्तम पुडासैनी, विमल अर्याल, अधिकारकर्मीहरु चन्द्रमणी बञ्जारा, नम्रता खरेल, किरण ढकाल, दिवाकर पुडासैनी, बलबहादुर गाहा मगर, उमा गौतम, भगवान पुडासैनी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, विकास थापा, रमेशकुमार बराल, चन्द्रमणी गौतम, रिता अधिकारीसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गिरफ्तार अधिकारकर्मीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सुक्ष्म अध्ययन/अनुसन्धान गरि दोषीहरु प्रमुख दलका शिर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही गर्न माग गर्दै जेठ १ गतेदेखि सुरु गरेको अभियानका क्रममा २२ जिल्लामा ५० वटा धर्ना प्रदर्शन गरिसकेको समाजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४