Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शरणार्थी नेता टेकनाथ रिजालसँग सडकमै नोकझोंक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणका अभियुक्तको बयान लिन थालिएको छ । शुक्रबारदेखि जिल्ला अदालत काठमाडौंमा अभियुक्तहरूको बयान लिन थालिएको हो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पहिलो दिन दुईजना अभियुक्तको मात्रै बयान लिइएको छ । शुक्रबार केशव दुलाल र सागर राईको बयान लिइएको छ ।

यसअघि सानु भण्डारीको बयान लिने तयारी गरिए पनि उहाँले बिरामी भएको बताएपछि दुलाल र राईको बयान लिइएको जिल्ला अदालत स्रोतले जनाएको छ । यसअघि प्रकरणमा पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराइएको थियो । पहिलो दिन दुई जनाको मात्रै बयान हुने भएपछि उहाँहरूलाई पुनः हिरासत लगिएको थियो । सबैको बयान सकिएपछि अभियुक्तहरूलाई थुनामा पठाउने कि बाहिर राख्ने भन्ने आदेश अदालतले दिनेछ । पक्राउ परेकाहरू सबैको बयान सकेर थुनछेक आदेश आउनेछ । पक्राउ परेका सबैको बयान सक्न कम्तीमा एक साता लाग्ने अदालत स्रोतको दाबी छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरुद्ध बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उहाँहरुविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियता विरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थसहति १७ जना पक्राउ गरेका छन् । प्रकरणमा जोडिएको १३ जना भने अझै फरार छन् ।

रिजालसँग सडकमै नोकझोंक

शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका शरणार्थी नेता टेकनाथ रिजाल र सर्वसाधारणबीच अदालत परिसरमै नोकझोंक भएको छ । जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा लगिएका रिजाल प्रहरीको गाडीबाट ओर्लिएर सर्वसाधारणसँग झोक्किनुभएको थियो । सर्वसाधारणले भुटानबाट आएर देश बेच्ने भन्दै आक्रोश पोखेपछि उहाँ पनि गाडीबाट उत्रिएर झोक्किनुभएको थियो । रिजाललाई प्रहरीले गाडीमा हालिसकेपछि ती सर्वसाधारण अझै झोक्किएर ‘हाम्रो देश बेचिएको छ । तपाईं भुटानबाट आएर देश बेच्ने । देश बेचेर उल्टै ठूला कुरा गर्ने ? भनेपछि रिजाल झोक्किनुभएको थियो । उहाँ सर्वसाधारणसँग बाझ्न खोजेपछि प्रहरीले गाडीमा राखेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४