Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडद्धारा चेल्सी पराजित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १२ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई ४–१ ले हराएको छ ।

बिहीबार राति म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन क्यासेमिरो, एन्टोनी मार्टियल, ब्रुनो फर्नान्डेज र मार्कस रास्फोर्डले एक एक गोल गरे ।

पराजित टोली चेल्सीका हुवाँ फेलिक्सले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का गरेको छ । लिगमा ३७ खेलबाट म्यान्चेस्टर युनाइटेडको ७२ अंक भएको छ ।

समान खेलबाट ७० अंक जोडेको न्युकासल युनाइटेड चौथो स्थानमा छ भने ६६ अंकसहित लिभपुल पाँचौ स्थानमा रहेको छ । लिग च्याम्पियन म्यान्चेस्टर सिटीको ८९ अंक रहँदा दोस्रो स्थानको आर्सनलको ८१ अंक छ ।

म्यान सिटी, आर्सनल, म्यान्चेस्टर युनाइटेड र न्युकासल युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछन् । लिभरपुल र ब्राइटन युरोपा लिगमा छनौट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४