Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिम रुकुमको बाँफीकोटमा जीप दूर्घटना, पाँच जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । रुकुम पश्चिममा बिहीबार बिहान जीप दूर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिकाबाट खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप बाँफीकोट गाउँपालिकाको वडा नम्बर ८ को तोरीधारा मोटेखोला भन्ने स्थानमा दूर्घटना भएको हो ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको र जीपमा रहेका कम्तिमा आधा दर्जन घाइते भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सानोभरी नगरपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनका छोरा रोशन केसी र सोही ठाउँका नाम नखुलेका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

१५ जना सवार जीप कच्ची सडकबाट चार सय मिटर तल खसेको हो । जीपमा रहेका अन्य दश जना घाइते रहेको र घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि लैजान हेलिकप्टर माग गरिएको बाफिकोट गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर खत्रीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४