काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि १० गतेसम्म तय गरिएको नेपाल बन्द घोषणा कार्यक्रम स्थगित गरेको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने, फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्दै नेपाल बन्द घोषणा फिर्ता लिइएको वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :-
