Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्राविधिक शिक्षा आजको आवश्यकता’, होटल व्यवस्थापन क्षेत्रमा विद्यार्थीहरुको आकर्षण बढ्दो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ५ २०८०
  • 4K
    SHARES

पोखरा,५ जेठ । प्राविधिक एवं व्यवसायिक शिक्षा आजको अपरिहार्य आवश्यकता हो । सैद्धान्तिक ज्ञानले जुनसुकै व्यक्तिलाई पनि सहि या गलत छुट्याउन सक्ने बनाउँछ । साथै कुनै पनि विषय वा परिस्थितिप्रति आफ्नो दृष्टिकोणको अवधारणा तय गर्न सक्ने दक्षता प्रदान गर्छ । प्राविधिक ज्ञान तथा सीपले व्यवसायिक रुपमा आत्मनिर्भर भई बाँच्न सक्ने क्षमता प्रदान गर्दछ । तसर्थ सैद्धान्तिक एवं प्राविधिक सीपयुक्त शिक्षा नै आजको आवश्यकता भएको छ ।

स्वदेश तथा विदेशमा रहेका विभिन्न विश्वविद्यालय तथा प्राविधिक शिक्षालयहरुले प्राविधिक तथा व्यवसायिक शिक्षाका विभिन्न विषयहरु विद्यार्थीहरुलाई उपलब्ध गराइरहेका छन् । विद्यार्थीहरुले आफ्नो क्षमता,परिवारको आर्थिक अवस्था,विषयको उपयोगिता,रोजगारी वा स्वरोजगारीको अवसर एवं पेशागत स्थायित्वको सम्भावना आदिका आधारमा विषयहरु छनौट गरि अध्ययन गर्ने गरेका छन् ।

वर्तमान समयमा पर्यटन तथा होटल व्यवस्थापन क्षेत्र रोजगारीको आधारमा विश्वको सबै भन्दा ठुलो उद्योग हो । यो उद्योग अन्र्तगत विभिन्न क्षेत्रहरु जस्तै होटल, रिसोर्टस, रेष्टुरेण्ट, वैंक्युटस्, क्लवस्, विभिन्न निकायका क्याण्टिनहरु, पानी जहाज, हवाइ जहाज, आदि हुने भएकोले होटल व्यवस्थापन क्षेत्रमा विद्यार्थीहरुको आकर्षण बढ्दो छ ।

यस क्षेत्रमा थोरै लगानीमा पनि राम्रो मुनाफा आर्जन गर्न सकिने भएकोले अध्ययन पश्चात् रोजगारी मै जानु पर्छ भन्ने पनि छैन् । आफै स्वरोजगार बनि रोजगार सिर्जना गर्न पनि सकिन्छ । त्यसमा पनि प्राकृतिक स्रोत र साधनले सुसम्पन्न हाम्रो देश नेपाल पर्यटकीय गन्तव्यको रुपमा पर्छ । पर्यटन क्षेत्रसँगै जोडिएर आउने अर्को क्षेत्र भनेको होटल व्यवस्थापन नै हो । जस आधारमा हेर्दा होटल व्यवस्थापन क्षेत्र आफैमा रोजगार र स्वरोजगार पनि हो ।

होटल व्यवस्थापन जति नै फराकिलो क्षेत्र छ । यस सम्वन्धी विभिन्न विषयका व्यवसायिक तालिमहरु प्रदान गर्ने संस्थाहरु पनि देशका हरेक शहरमा उत्तिकै मात्रामा रहेका छन् । सबै संस्थाहरुका आ–आफ्नै किसिमका विशेषताहरु छन् । यस मध्येको एउटा तालिम प्रदायक संस्था हो, पोखराको नयाँ बजारमा रहेको हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेण्ट । यसका पनि आफ्नै विशेषताहरु छन् । यस्तै विशेषताहरुको आधारमा होटल सम्वन्धी तालिम लिन ईच्छुक हुनेहरुलाई तालिम प्रदायक संस्थाहरु छान्न सहज हुने हिमालय कलेजको विश्वास छ ।

हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेण्ट, पोखरामा रहेर विगत १२ वर्षदेखि निरन्तर सञ्चानमा रहेको छ । नेपाल सरकार, सिटिईभिटी र बेलायतको प्रतिष्ठित Training Qualification,(TQUK) बाट सम्बन्धन प्राप्त होटल तालिम प्रदायक संस्था हो । यस संस्थाबाट तालिम प्राप्त कतिपय विद्यार्थीहरु स्वदेश तथा विदेशका विभिन्न होटल, रिसोर्टस, हवाइ जहाज तथा पानी जहजमा रोजगार गरिरहेका छन् भने कतिपयले पोखरा,काठमाण्डौ,दाङ, नेपालगंज, अष्ट्रेलियाको सिड्नी, मलेशियाको क्वलालम्पुर लगायत विभिन्न शहरमा होटल तथा रेष्टुरेण्टहरु सञ्चालन गरिरहेका छन् । साथै केहि विद्यार्थीहरु होमस्टे सञ्चालन गरिरहेका छन् भने केहिले तालिम प्रदायक संस्था चलाईरहेका छन् ।

यस संस्थाबाट सिटिईभिटी अन्तर्गतका ३९० देखि ७९२ घण्टा सम्मका विभिन्न विषयका तालिमहरु जस्तै कुकिङ्ग, वेटर र वेट्रेस, वेकरी, वारिस्ता, बारटेण्डर आदि संचालित छन् भने Training Qualification,(TQUK) अन्तर्गतका १ वर्षे डिप्लोमाका विषयहरु जस्तै होटल म्यानेजमेण्ट र Professional Cookery छन्।

सैद्धान्तिक सिकाईका लागि शान्त कक्षाकोठा हुनका साथै आधुनिक प्रयोगशाला, औजारहरु, दक्ष एवं अनुभवी शिक्षक र प्रशिक्षक विषयगत ज्ञान र सीप मात्र नभएर व्यवहारिक एवं व्यवसायिक ज्ञान पनि प्रदान गर्ने गरेकाले विद्यार्थीहरु तालिम पश्चात् रोजगारीमा सहज हुने विद्यार्थी तथा रोजगारदाताहरुको अनुभव छ ।

कलेजले तालिमसँगै स्वदेश तथा विदेशका तारे होटलहरुमा इन्टर्नसीपको व्यवस्था गरेको छ । ‘हामीले विद्यार्थीहरुलाई भविष्यमा स्वदेश तथा विदेशमा रोजगारीको लागि सहज होस् भन्ने उद्देश्यले प्रख्यात संस्थाहरुबाट सम्बन्धन लिएका छौं।’ कलेजका सञ्चालक ज्ञानबहादुर रानाले भने,– ‘तालिम पश्चात् रोजगार वा स्वरोजगारमा जान चाहने विद्यार्थीहरुका लागि आवश्यक सहजीकरण गरि क्यानाडा, बेलायत, जापान, दुबई, मलेशिया, आदि देशहरुमा रोजगारीको व्यवस्था समेत गर्ने गरेका छौं।’

उनका अनुसार कलेजमा अहिले भर्ना कार्यक्रम चलिरहेको छ । प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुले जो होटल व्यवस्थापनको क्षेत्रमा काम गर्न इच्छुक छन् भने उनीहरुलाई विशेष ध्यान दिएर कक्षाहरु सञ्चालन गरिने उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४