Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो, सरकार विस्तारको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ५ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । उनले भने, ‘अढाइ वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ ।

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टी तीन वटै दलले एक/एकजना राज्यमन्त्री पनि पाउनेगरी भागबण्डा टुंगिएको उनले बताए । उनले भने, ‘अढाइ वर्षपछि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने पनि सहमति भएको छ ।’

माओवादी केन्द्रले टुंगो लगायो नाम

भागबण्डा मिलेसँगै माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेशसभा सदस्यको नाममा समेत सहमति भइसकेको जनाएको छ ।

दलका नेता भट्टले कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंगिएको बताए । तर माओवादी केन्द्रले औपचारिक निर्णय गर्न भने बाँकी रहेको छ ।

यसअघि कञ्चनपुरका ओमविक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी विक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए ।

सरकार विस्तारको तयारी

यसैबीच दलहरुबीच भागबण्डा टुंगिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तारको तयारी थालेका छन् । शुक्रबार प्रदेश सरकारको एक सय दिन पुगेको अवसर पारेर शाहले सरकारलाई पूर्णता दिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रले सरकारमा पठाउने व्यक्तिको नाम टुंगो लगाए पनि कांग्रेसले टुग्याउन बाँकी छ । कांग्रेसमा प्रदेशसभा सदस्य शिवराज भट्ट, पृथ्वीराज जोशी र मेघराज खड्का मन्त्रीका आकांक्षी छन् ।

नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो । तर एउटा मात्र मन्त्रालय पाउने भएपछि अब कसलाई सरकारमा पठाउने भन्ने विषयमा छलफल भइरहेको नाउपाका एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४