Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

९३ लाखभन्दा बढीमा विश्वभर कोरोना भाइरसको संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०७७
  • 5.4K
    SHARES

काठमाडौं । कोरोना भाइरसका कारण विश्भवर ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ४ लाख ७९ हजार ७ सय ७७ पुगेको छ ।
विश्वका २१५ वटा राष्ट्रमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये ५० लाख ४१ हजार १ सय ३७ जना कोरोना संक्रमित निको भइसकेका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका ३८ लाख ३१ हजार ७ सय ३१ जना कोरोना भाइरससँगको लडाइँ लडिरहेका छन् ।
कोरोना भाइरसका कारण संयुक्त राज्य अमेरिकामा मात्र २४ लाख २४ हजार १ सय ६८ जनामा कोरोनाको पुष्टि भएको छ भने १ लाख २३ हजार ४ सय २३ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसका कारण युरोपेली मुलुकमा २३ लाख ४२ हजार २ सय ७१ जना कोरोना संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा १३ हजार ७ सय २४ जना थपिएका छन् ।
यस्तै उत्तर अमेरिकी मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २८ लाख १९ हजार ९ सय ३१ पुगेको छ ।
एसियाली मुलुकहरुमा सबैभन्दा बढी भारत र त्यसपछि इरानमा कोरोनाको संक्रमण बढी देखिएको छ । एसियाली मुलुकहरुमा १९ लाख ८२ हजार ६ सय २ जना कोरोना संक्रमित देखिएका छन् । यी मुलुकमा ५० हजारले ज्यान गुमाइसकेका छन् ।
अफ्रिकी मुलुकमा कोरोना संक्रमितको सङ्ख्या ३ लाख २७ हजार ४ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये पछिल्लो २४ घण्टामा ९ हजार १ सय ४३ जना संक्रमित थपिएका छन् ।
विश्वमा कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी ९२४ लाख २४ हजार १ सय ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
छिमेकी मुलुक भारत बढी कोरोना संक्रमित राष्ट्रमध्ये चौथो नम्बरमा छ । संयुक्त राज्य अमेरिका, ब्राजिल र रसियापछि भारतमा कोरोना संक्रमितको संख्या बढी देखिएको छ ।
पछिल्लो अपडेट अनुसार ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ११ लाख ५१ हजार ४ सय ७९ पुगेको छ भने रसियामा ५ लाख ९९ हजार ७ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना संक्रमितको सङ्ख्या ४ लाख ४० हजार २ सय १५ पुगेको छ । १४ हजार जनाले ज्यान गुमाएका छन् ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या १० हजार ९९ पुगेको छ भने २४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यीमध्ये २ हजार २ सय २४ जना निको भएर घर फर्किसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४