Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

च्याउमा के पाइन्छ, कसरी खाने ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३१ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ ।  च्याउ भिटामिन र खनिज पदार्थको राम्रो स्रोत हो । च्याउ खाँदा विभिन्न रोग लाग्नबाट पनि बच्न सकिन्छ । अध्ययनअनुसार विश्वमा एक लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १०० प्रकारका च्याउ खान उपयुक्त तथा स्वस्थ मानिन्छ ।

अहिले बजारमा कन्ये, गोब्रे (डल्ले), सिताके, ग्यानोदर्मा (रातो च्याउ), कोर्डिसेप्स मिलिटारिस, कोर्डिसेप्स एसपी, लायन्स मेन (हेरिसियम), इसारिया जापोनिका, इसारिया सिकादा, इनोकिताके, माइटाके (परिक्षणको क्रममा) किङ ओएस्टरलगायत प्रकारका च्याउ पाइन्छन् । यीमध्ये ग्यानोदमा (रातो च्याउ) औषधिको रुपमा प्रयोग गरिन्छ ।

  • च्याउमा के पाइन्छ ?

च्याउमा धेरै भिटामिन र खनिज पदार्थ पाइन्छ । च्याउमा पाइने पोषणको मात्रा यसको खेती गर्ने तरिकामा पनि भर पर्छ । यसमा च्याउमा फाइबर, प्रोटिन, भिटामिन सी, फोलेट, आइरन, जिंक र म्यांगनिजको राम्रो स्रोत हो । त्यस्तै भिटामिन डी, थियामिन, रिबोफ्लेभिन, नियासिन, भिटामिन बी, प्यान्टोथेनिक एसिड, फस्फोरस, पोटासियम, कपर र सेलेनियम च्याउमा पाइन्छ ।

  • च्याउका फाइदा

च्याउमा एन्टिअक्सिडेन्ट अत्यधिक हुन्छ, जसले विभिन्न रोग लाग्नबाट बचाउन सहयोग गर्छ । यसले माइक्रोबियल र फंगल संक्रमणलाई हटाउँछ । यसले शरीरका कोषिकालाई मर्मत गर्ने र शरीरलाई हानि गर्ने फ्री र्‍याडिकलबाट बचाउँछ ।

त्यस्तै यसमा भएको फलाम र फोलिक एसिडले हेमोग्लोबिनको स्तर सामान्य राख्छ । यसले रक्तअल्पता हुन दिंदैन । यसमा भरपुर मात्रामा प्रोटिन पाइने भएकाले मोटोपन भएका व्यक्तिलाई पनि च्याउन फाइदाजनक हुन्छ । त्यस्तै च्याउ फाइबरयुक्त भएकाले यसले पाचन प्रक्रिया पनि राम्रो बनाउँछ ।

त्यस्तै च्याउमा भएको बीटा ग्लाइसिन र लिनोलिक एसिडले क्यान्सरबाट बचाउन मद्दत गर्छन् । साथै च्याउमा भएका एन्जाइमहरूले कोलेस्टेरोलको मात्रा घटाएर मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । यसमा भएको भिटामिन बी २ र भिटामिन बी ३ ले मेटाबोलिजमलाई राम्रो बनाउँछ ।

  • बेफाइदा पनि छन्

च्याउका केही बेफाइदा पनि छन् । धेरै च्याउ खाएमा एलर्जी हुन सक्छ । जसकाराण शरीरमा फोका आउने हुन्छ । केही च्याउ विषालु पनि हुन्छन् । यस्ता विषालु खाएमा दम, बान्ता, बेहोस हुने र वाकवाकी लाग्ने गर्दछ । त्यस्तै पुरानो र बासी च्याउ सेवन गर्दा फुड पोइजनिङ हुन सक्छ । साथै कुनै विषादी च्याउको सेवनले मृत्यु समेत हुन सक्छ । त्यसैले च्याउ किन्दा सावधानी अपनाएर ताजा च्याउ मात्र खानुपर्छ ।

मधुमेहका बिरामीका लागि च्याउ स्वास्थ्यवद्र्धक हुन्छ । किनकि यसमा बोसो, कार्बोहाइड्रेट र सुगर हुँदैन । च्याउ खाँदा इन्सुलिन निर्माणमा पनि मद्दत पुग्छ । यद्यपि गम्भीर रुपमा बिरामी भएका व्यक्तिलाई च्याउ खानु लाभदायक हुँदैन ।

  • कसरी खाने ?

ताजा च्याउ फ्राइ वा तरकारी वा अन्य सागसब्जी पकाएर खान सकिन्छ । मासु नखानेहरुको लागि प्रोटिन लागि उपयुक्त मानिन्छ । यो हप्तामा बढीमा दुई पटकसम्म खाँदा लाभदायिक हुन्छ । यसमा सबै तत्वहरु अत्याधिक पाइने भएकाले सन्तुलित रुपमा मात्र खानुपर्छ । धेरै खाएमा हानीकारक हुन सक्छ ।

च्याउ पकाउने बेला हल्का वा मनतातो पानीमा राखेर धोएर पकाउँदा यसमा भएका खनिज पदार्थ नष्ट हुँदैन । तर धेरै तातो पानीमा धुँदा भने त्यसमा भएको खनिज पदार्थ नाश हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४