Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरुमाथि समूहगत छलफल गरिँदै आजै स्थायी कमिटिको बैठक बस्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २९ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा शुक्रबार प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरू हुँदैछ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार सुरू भएको केन्द्रीय कमिटीको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैर–भौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

शुक्रबार बिहान सुरू हुने बैठकमा बाँकी रहेका प्रतिवेदन पेस गरी सबै प्रतिवेदनमाथि समूहगत छलफल सुरू हुने महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

प्रतिवेदनहरुमाथि मध्यान्ह १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझाव प्रस्तुत गर्ने छन् । त्यसपछि शुक्रबार नै स्थायी कमिटीको बैठक बस्ने छ ।

प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ । त्यो कार्ययोजनाको प्रस्ताव तयार पारिसकेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ ।

केन्द्रीय समितिको बैठकबाट कार्ययोजनाको प्रस्ताव पारित गरिने छ । त्यसपछि समसामयिक प्रस्तावहरु पारित गरेर अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

नेकपा एमाले केन्द्रीय समितिको बैठक शनिबार सम्पन्न गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४