Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लखनउलाई हराएपछि गुजरात आईपीएलको प्लेअफ नजिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २४ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिगमा आइतबार लखनउ सुपर जायन्ट्लाई ५६ रनले पराजित गरेको छ ।

सिजनको आठौं जितपछि शीर्ष स्थानको गुजरातले ११ खेलबाट १६ अंक जोडेको छ र दोस्रो स्थानको चेन्नाई सुपर किंग्समाथि ३ अंकको अग्रता समेत बनाएको छ ।

पराजित लखनउको ११ खेलबाट ११ अंक छ र तेस्रो स्थानमै छ । ब्याटिङमा दुई ओपनर शुभमन गिल र ऋद्दिमन शाह तथा बलिङमा मोहित शर्मा चम्केपछि गुजरातले लखनउमाथि सानदार जित निकालेको हो ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा २२८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।

पहिलो विकेटका लागि कायल मेयर्स र क्वेन्टन डे ककले ८८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछि राम्रो साझेदारी बनाउन सकेन । कायल मेयर्स ३२ बलमा ४८ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।

लखनउका लागि सर्वाधिक ७० रन बनाएका डेककले ४१ बल खेल्दा ७ चौका र ३ छक्का प्रहार गरे । यी दुई बाहेक दोहोरो अंकमा रन जोडेका आयुष बदोनीले २१ रदिपक हुडाले ११ रन बनाए । गुजरातका मोहित शर्मनले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामी, नुर अहमद र रासिद खानले समान एक विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

ओपनरद्वय गिल र ऋद्दिमन शाहले पहिलो विकेटका लागि १२.१ ओभरमा १४२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । गिलले अविजित ९४ रन बनाए । उनले ५१ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरे ।

४३ बल खेलेका ऋद्दिमनले १० चौका र ४ छक्का मदतमा ८१ रन बनाए ।

कप्तान हार्दिक पाण्ड्याले १५ बलमा २५ रन जो८ । डेभिड मिलरले १२ बलमा अविजित २१ रन बनाए । ८ बलर प्रयोग गरेका लखनउका लागि मोहसिन खान र आभेष खानले १-१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४