Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वर्षाले नेपाल र कुवेतबीचको खेल रोकियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १६ २०८०
  • 2.4K
    SHARES

काठमाडौँ । नेपाल र कुवेतबीचको खेल रोकिएको छ । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । पिच र ३० र्‍यार्ड कभरले ढाकिएको छ ।

यस खेलमा लगातार तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले पारी सम्हालेका थिए । पौडेल ३० र मल्ल ३२ रन बनाएर खेलिरहेका थिए । यसअघि पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको नेपालले त्यसपछि ३ रन बनाउँदा तीन विकेट गुमाएको थियो ।

नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन् भने भीम सार्की १ रन बनाएर आउट भएका छन् । त्यस्तै आसिफ सेख ३१ रन बनाएर आउट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४