Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीका अयोग्य लडाकुलाई राहत बाँड्ने कार्यविधि तयार ऋण लिएर रकम दिने अर्थ मन्त्रालयको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १५ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । देशको आर्थिक अवस्था नाजुक बनेको बेला सरकारले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा ठूलो रकम बाँड्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले गत फागुनमै अयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख रुपैयाँ राहत दिने निर्णय मन्त्रिपरिषद्बाट गराउनु भएकोमा अहिले रकम वितरणका लागि कार्यविधि तयार पारिएको छ ।

मन्त्रिपरिषद्को निर्णय बाहिरिएपछि सत्तारुढ अन्य घटकहरुले त्यस्तो निर्णय नभएको बताईरहेको बेला गृह मन्त्रालयले भने कार्यविधि नै तयार भएको जनाएको छ ।

गृहका प्रवक्ता जितेन्द्र बस्नेतले अयोग्य लडाकुलाई पैसा दिने कार्यविधि तयार भएको जानकारी दिनुभएको हो । कार्यविधि अनुसार सुरूमा अयोग्य लडाकुको तथ्यांक संकलन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइने छ भने त्यसपछि रकम वितरण गरिने छ ।

अयोग्य लडाकुहरुको खोजी तथा पहिचानका लागि सात सदस्यीय समिति पनि बनाइने भएको छ ।

अयोग्य लडाकुको मृत्यु भईसकेको भए उनीहरुका परिवारलाई रकम दिने तथा विदेशमा गएको भए फर्केर आएपछि रकम पाउने गरी कार्यविधि तयार पारिएको छ ।

उनीहरुका लागि रकम वितरण गर्न करिब एक अर्ब रुपैयाँ खर्च हुने छ ।

ढुकुटीमा रकम अभावका कारण पेन्सन समेत वितरण गर्न नसकेको अर्थ मन्त्रालयले आन्तरिक ऋण उठाएर लडाकुलाई रकम वितरणका लागि पैसा दिने भएको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि त्यसको अनुगमन र ब्यवस्थापन गर्न संयुक्त राष्ट्र संघीयले खडा गरेको मिसनले चार हजार नौ सय माओवादी लडाकुलाई अयोग्य भनेको थियो । उनीहरुलाई उतिबेलै पनि राहत वितरण गरिएको थियो ।

२०६३ सालपछि अहिलेसम्म शान्ति प्रक्रियाका नाममा विभिन्न ब्यक्ति, समूह र लडाकुाका लागि झण्डै ४७ अर्ब रुपैयाँ खर्च भईसकेको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४