Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चेन्नाईलाई हराउँदै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १५ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएको छ ।

पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो ।

यो जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ । यस्तै चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ ।

राजस्थानको जितमा सबैभन्दा धेरै यशस्वी जयसवालले ७७ रन बनाए । ४३ बलमा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यसैगरी ध्रुव जुरेलले ३४ तथा जस बटलर र देवदूत पाडिक्कलले समान २७ रन बनाए । सन्जु सामसनले १७ रन जोडे ।

चेन्नाईका लागि तुशार देशपाण्डेले २ विकेट लिए ।

जवाफी ब्याटिङ गर्ने क्रममा चेन्नाईका लागि शिवम दुवेले अर्धशतक बनाए । ३३ बल सामना गरेका उनले ४ छक्का र दुई चौकाको मद्दतमा ५२ रन बनाएका हुन् ।

ऋतुराज गायकवाडले २९ बलमा ४७ रन बनाए भने मोइन अली र रविन्द्र जडेजाले समान २३ रन बटुले । अजिंक्या रहाने १५ रन बनाएर आउट भएका थिए ।

बलिङतर्फ राजस्थानका आदम जाम्पाले ३, रविचन्द्र आश्विनले २ र कुलदीप यादवले १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४