Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै, मन्त्रालय भागबन्डामा केन्द्रकै निर्णय कुर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १४ २०८०
  • 1.5K
    SHARES

काठमाडौँ  । गण्डकी प्रदेशमा आज नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त हुँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् । पुस २५ गते नेकपा माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा नेपाली कांग्रेस-नेकपा माओवादीको सरकार बन्न लागेको हो ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा नेकपा एमाले सरकारबाट नेकपा माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए । कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो । कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।

गण्डकीमा शीर्ष तहमै नेपाली कांग्रेस-नेकपा माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरुले बताएका छन् । पहिलो चरणमा नेपाली कांग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी पालैपालो काठमाडौं पुगेर सहजीकरण गरिदिन आग्रह थिए । नेकपा माओवादीले कम्तिमा कति समयपछि मुख्यमन्त्री पालो पाउने ग्यारेन्टी गर्न, ७ मन्त्रालयमध्ये ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै अझै केन्द्रको निर्णय कुरिरहेको छ । शीर्ष नेताहरुले अझै निर्णय गरिसक्नुभएको छैन । मुख्यमन्त्री कति समय, मन्त्रालय कति भन्ने स्पष्ट निर्णय केन्द्रबाटै दिने भन्नुभएको छ । केन्द्रकै निर्णय निर्देशन कुरेर बसेका छौं, केन्द्रको निर्णय आएको १ घन्टाभित्र सबै प्रक्रिया सकिन्छ,’नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘कम्तिमा लिखितै होस् भन्ने हो, नत्र यहीँ लिखितै गरेरमात्र सरकारमा जान्छौं ।

गण्डकीमा नेपाली कांग्रेसका २७,नेकपा माओवादीका ७ सभामुखबाहेक सदस्यले ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन सहज बहुमत पुग्छ । मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनावले जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ दीपक मनाङ पनि गठबन्धनमा हुँदा ३५ सदस्य पुग्छ । मुख्यमन्त्री दाबी गरिरहेको नेकपा माओवादीले पहिलो चरणमा नपाए पनि ७ मध्ये ३ मन्त्रालय पाउनुपर्ने दाबी पनि गरिरहेको छ । नेकपा माओवादीबाट मुख्यमन्त्री नै बन्ने भएकाले चुमान मन्त्री नबन्ने र यसअघि नै पर्यटनमन्त्रीबाट राजीनामा दिएका रेशमबहादुर जुग्जाली भने मन्त्री भबन्ने पक्का छ ।

प्रमुख सचेतकबाट छोडेर गोरखाकी सुशीला सिम्खडा मन्त्री बन्ने चर्चा पनि नेकपा माओवादीमा छ । ३ मन्त्रालय पाउँदा नेकपा माओवादीको चुनाव चिह्न लिएर जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले पनि मन्त्री हुने मौका पाउने सम्भावना छ । नेपाली कांग्रेसभित्र मन्त्रीका आकांक्षी झनै धेरै हुँदा दलका नेता पाण्डेलाई मिलाउनै सकस छ । पाण्डेले पार्टी सभापति देउवाले कसलाई मन्त्री बनाउने भनेर निर्णय गरेर पठाएअनुसार गर्ने सांसदहरुलाई बताइरहेका छन् ।

आज मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसबाट १ जना र नेकपा माओवादीबाट १ जना गरी ३ जनाले शपथ लिने तयारी भइरहेको नेपाली  कांग्रेसका एक सांसदले बताएका हुन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४