काठमाडौं । हरेक वैवाहिक सम्बन्धले एउटा त्यस्तो समय पार गर्नु पर्छ, जसलाई अंग्रेजी भाषामा सेक्स स्लम्प भनिन्छ ।
सेक्स स्लम्प अर्थात त्यो समय जब दाम्पत्य जीवन अन्तर्गतको यौन जीवन अत्यन्त निरस हुन्छ । त्यो बेला जिम्मेवारीको बोझ अथवा यौनका लागि उत्पन्न इच्छाहरु विभिन्न कारणले कम हुन्छ । त्यसलाई केही समयका लागि सामान्य सोचिए पनि यदि त्यही स्थिति लामो सयमसम्म भइरह्यो भने वैवाहिक जीवनमा विभिन्न किसिमका भावनात्मक गडबडिहरुले स्थान बनाउन थाल्छन् ।
यदि तपाईंको सम्बन्ध पनि यौनको बारेमा त्यस्तै किसिमको सेचुरेशन प्वाइन्टमा पुगेको छ भने यहाँ त्यस्ता पाँच तरिकाका बारेमा जानकारी दिएको छ, जसले तपाईंको वैवाहिक जीवनमा पुनस् रोमाञ्चकता फर्काउन सक्छ ।
कुराकानी शुरुवात
यदि वैवाहिक सम्बन्धमा यौनले निरन्तरता नपाउनको कारण तपाईंहरुको एक–अर्कासंग आपसमा कुराकानी कम हुनु पनि हुन सक्छ । यदि कुराकानी कम भयो भने भावनात्मक सम्पर्क तथा इमोसनल कनेक्सन पनि कम हुन थाल्छ । इमोसनल कनेक्सन त्यो कुरा हो, जून अन्तरंगताका लागि अति आवश्यक हुन्छ । विशेष गरेर महिलाको लागि त झन धेरै आवश्यक हुन्छ । त्यसैले तपाईंहरुबीच एक–आपसमा कुराकानी हुनु आवश्यक छ । आफ्नो मनोभावना बताउने र उनको मनको कुरा बुझ्ने कोशिश गर्नु पर्छ ।
वातावरण बनाउने, पार्टनरको पहलको प्रतिक्षा नगर्ने
यौनको कुनै निश्चित रेसिपी हुँदैन । लामो समयको सम्बन्ध अथवा वैवाहिक साबन्धमा यसलाई त्यस किसिमले हेरिन्छ, जसमा तपाईंको पार्टनरले अब तपाईंको आगामी कृयाकलाप कस्तो हुन्छ भन्ने अनुमान गर्न सक्छ । जब सम्बन्धमा त्यस्तो स्थिति आउँछ, तब सेक्स स्लम्पको स्थिति बन्न थाल्छ । त्यसैले तपाईंले केही नयाँ सोच्नु पर्छ । यौनको वातारवरण बनाउनु पर्छ र पार्टनरबाट पहलको प्रतिक्षा गर्नु हुँदैन । उसलाई आश्चर्यमा पार्दै आफ्नो सम्बन्धमा यौनलाई प्रवेश गराउन सक्नु हुन्छ ।
अनौठा खेल खेल्नु
खेल खेल्नुको अर्थ केही अनौठा कुराहरुलाई आफ्नो प्रेम जीवनमा समावेश गर्नु हो । अंतरंग क्षणको क्रममा तपाईं जुन आशनलाई मन पराउनु हुन्थ्यो, त्यसमा केही परिवर्तन गरे नयाँ अनुभव गर्न सक्नु हुन्छ । एक–अर्कालाई चुनौती दिनु पर्छ । आफ्नो पार्टनरद्वारा दिइएको चुनौती पुरा गर्ने कोशिश गर्नु भयो भने आफू भित्र एउटा उर्जाको महसुस गर्नु हुन्छ । घर र अफिसको जिम्मेवारीको थकानले जुन काम गर्न सकिरहनु भएको थिएन, त्यसलाई गर्ने उर्जा प्राप्त हुन्छ ।
बेडरुममा कस्तो पहिरन ?
तपाईंहरु लामो समयदेखि सम्बन्धमा हुनु हुन्छ भन्दैमा बेडरुममा जे पायो त्यही पहिरन लगाउने भन्ने हुँदैन । सम्बन्धको शुरुवातमा आफ्नो पार्टनरलाई रिझाउनका लागि तपाईंले आफ्नो पहिरनमा कति ध्यान दिनु हुन्थ्यो, त्यो कुरा सम्झनु पर्छ । त्यसरी नै अहिले पनि आफ्नो पहिरनमा ध्यान दिनु आवश्यक हुन्छ । जसरी तपाईं अफिस जाँदा आज पनि पूर्ण रुपमा तयार भएर जानु हुन्छ, बेडरुममा पनि तयार हुन अति आवश्यक छ । यसरी तपाईंले आफ्नो यौन जीवनमा परिवर्तन गर्न सक्नु हुन्छ ।
नयाँ अनुभवका लागि
लामो सम्बन्धमा हामीलाई अल्छि लाग्न सक्छ । हामी पार्टनरलाई रिझाउने कोशिश कमै मात्रामा मात्र गर्छौं । यदि तपाईंलाई बेडरुमको पहिरनमा ध्यान दिने समय छैन भने कहिलेकाहिं पहिरन बिना पनि पार्टनरसंग रात बिताउनाले पनि तपाईंको यौन जीवनमा नयाँ तरंग उत्पन्न गराउन सक्छ ।
श्रीमान् श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा भन्ने गरिन्छ । दुईमध्ये एक पाङ्गा कमजोर भए वा एकै गतिमा नचले रथ नै ढल्न सक्छ । त्यसैले त श्रीमान् श्रीमतीको सम्बन्ध प्रेम, विश्वास र समर्पणका साथ एकै गतिमा चल्नुपर्छ ।
सम्बन्धमा धेरै किसिमका दरार र अप्ठ्याराहरु आउन सक्छन् । कहिलेकाहीं मनमुटाव पनि हुनसक्छ । यसको व्यवस्थापन गर्न नसके सम्बन्ध नै तोडिने जोखिम पनि आउन सक्छ ।
सुमधुर दाम्पत्य जीवनका लागि एकअर्कामा प्रेम मात्रै होइन, विश्वास, समर्पण र समान अस्तित्व पनि मुख्य हुनुपर्छ । दम्पतीबीच सम्बन्ध कस्तो छ भन्ने कुरा आफैंले पनि महसुस गर्न सकिन्छ । दाम्पत्य जीवन कत्तिको सुमधुर छ भन्ने थाहा पाउन यी सात सूत्रलाई हेर्न सकिन्छ ।
१. सफल बिहेको सबैभन्दा ठूलो रहस्य हो, एक-अर्कालाई बढिभन्दा बढि समय दिनु। पति-पत्नी जति लामो समय एक-अर्कासँग बिताउँछन्, त्यति नै उनीहरु खुशी रहन्छन्।
२. शारीरिक अन्तरंगता, करिअरमा सफलता मात्रै सफल बिहेका रहस्य होइनन्। बल्कि पति-पत्नीले आपसमा एक-अर्काप्रति सौहार्दपूर्ण भावना राख्नु, एक-अर्कालाई बुझ्नु र आपसी समस्याहरुलाई सुल्झाउनु पनि हो।
३. कहिलेकाहीँ कुनै कारणले पति-पत्नी एक-अर्काको विपरित अडानमा हुने र अलग विचार हुने कारणले आपसमा सौहार्द बन्न सक्दैनन्। बिबाहको बन्धनमा बाँधिनुभन्दा अगाडि यस्ता कुराहरुमा उनीहरुको ध्यान जाँदैन। यस्तोमा दुवैले एक-अर्काको सोच र विचारलाई सम्मान गर्दै एक-अर्कालाई बुझ्नु आवश्यक हुन्छ।
४. एक-अर्काको कामलाई महत्व दिनु र त्यसमा आफ्नो साझेदारी देखाउनु पनि सफल बिहेको रहस्य हो।
५. केवल आआफ्नो जिम्मेवारी निभाएर बिवाह सफल हुँदैन। बल्कि एक अर्कालाई बाहिर लैजाने, कहिलेकाहीँ सरप्राइज पार्टी दिने, सरप्राइज गिफ्ट दिने गर्दा पनि वैवाहिक सम्वन्धलाई सफल बनाउन सकिन्छ।
६. सफल बिहेको सबैभन्दा महत्वपूर्ण शर्त के हो भने तपाईंले कुनै तेस्रो व्यक्तिको अगाडि आफ्नो जीवनसाथीको अपमान वा दुव्र्यवहार गर्नु हुँदैन। बरु एकान्तमा लगेर सम्झाउनुपर्छ।
७. पति वा पत्नीमध्ये एक जना आवश्यकताभन्दा बढि समय घरबाहिर रहनु वा खाली काममा मात्रै फोकस गर्दा पनि वैवाहिक सम्बन्धमा खटपट सुरु हुन्छ।
८. सम्बन्धलाई हार्दिक बनाइराख्नका लागि कमसेकम वर्षमा दुई वा तीन पटक चार-पाँच दिनका लागि बाहिर घुम्न निस्किनु राम्रो हुन्छ।
९. वैवाहिक सम्वन्धको सफलताको श्रेय मित्रवत व्यवहारलाई पनि दिने गरिन्छ। मित्रवत् सम्बन्धमा मात्रै दुवैले आआफ्ना कुरा एक-अर्कासँग खुलेर गर्न सक्छन्।
१०. शारीरिक सुखले पनि सम्वन्धमा घनिष्ठता ल्याउँछ। यद्यपि यो जरुरी छैन कि तपाईं हर समय शारीरिक सुखका बारेमा मात्रै सोच्नुहोस। कहिलेकाहीँ शारीरिक सुखभन्दा बढि भावनात्मक आत्मियता पनि महत्वपूर्ण हुन्छ।
११. पति-पत्नीले एक-अर्काको आवश्यकतालाई महसुस गर्दै त्यसलाई पूरा गर्ने कोशिश गर्नुपर्छ।
१. एकअर्काप्रति विश्वास
सुखद् दाम्पत्य जीवनको मेरुदण्ड भनेकै विश्वास हो । समझदार दम्पतीले कहिले पनि एकअर्काको कुरा काट्दैनन्, अनावश्यक शंका पनि गर्दैनन्, एकअर्काको कुरा ध्यानपूर्वक सुन्छन्, कदर गर्छन् ।
आजभोलि विश्वासको नाममा एकअर्काको सामाजिक सञ्जाल अकाउन्टको पासवर्ड दिए विश्वास नभए अविश्वास भन्ने गलत किसिमको धारण समेत विकसित भएको पाइन्छ । यो पनि एक किसिमको अविश्वास हो, अनि अर्काको स्वतन्त्रताको हनन् पनि हो ।
त्यसैले विश्वासको मापन यस्तो कुराबाट होइन, व्यवहार, काम र समर्पणबाट गर्ने हो ।
२. कुनै निर्णय गर्दा सरसरल्लाहबाट गर्ने
घरायसीदेखि व्यावसायिक कुनै पनि कुराको निर्णय लिंदा एकअर्काको सरसल्लाहमा मात्रै गर्छन् भने बुझ्नुपर्छ त्यो दम्पतीको दाम्पत्य जीवन सुमधुर छ । उनीहरु आफूखुसी कहिल्यै कुनै पनि प्रकारको निर्णय लिंदैनन्, सहमतिमा मात्रै पाइला अघि बढाउँछन् । सुमधुर दाम्पत्य जीवनको यो अर्को महत्वपूर्ण कडी हो ।
३. पारदर्शी
जो दम्पती आफ्नो काम व्यवहार पारदर्शी रुपमा पार्टनरलाई देखाउँछन् उनीहरुको दाम्पत्य जीवन खराब हुनुपर्ने कुनै कारण हुँदैन । कार्यालय, व्यवसाय, साथीभाइ, नातागोतासँग सम्बन्धित आवश्यक कुराहरु एकअर्कामा सेयर गर्छन् भने बुझ्नुपर्छ उनीहरुको जीवन राम्रो गतिमा अघि बढिरहेको छ ।
४. एकअर्कालाई समय दिने
कार्य व्यस्तताले हिजोआज मान्छेसँग समयको पावन्दी कम छ । तर व्यस्तताका बीच पनि एकअर्कालाई समय दिएर घुम्न जाने, परिवारसँग रमाउने, सुखदुःख साट्ने गर्छन् भने त्यो दम्पती खुसी छ भन्ने बुझ्नुपर्छ । उनीहरुबीच खास कुनै गुनासो रहँदैन ।
विवाहपछि एक्लै साथीभाइसँग मात्र रमाउने, घरपरिवारको वास्ता नगर्ने प्रवृत्ति उनीहरुमा हुँदैन ।
५. जिम्मेवारी पूर्णरुपमा निभाउने
सुखद् दाम्पत्य जीवन बिताइरहेका जोडीले एकअर्काको दबाबमा बसेजस्तो, आफ्ना इच्छा आकांक्षालाई मारेजस्तो कहिल्यै पनि अनुभव गर्दैनन्, किनकि उनीहरु एकअर्काका हरेक कुरालाई सम्मान गर्छन् । आफूमा आएको जिम्मेवारी कुशलतापूर्वक निभाउँछन् ।
६. चाडपर्व तथा भेटघाटमा दुवैको सहभागिता
परिवारका अन्य सदस्य, आफन्त, साथीभाइसँगको जमघटमा दुवै जना सहभागी हुन्छन् । कामको व्यस्तता देखाएर एक जना मात्रै त्यस्तो कार्यक्रममा सरिक हुँदैनन् भने बुझ्नुपर्छ त्यो दम्पती खुसी छ । दुवैका परिवार र साथीभाइप्रति उत्तिकै सम्मान दर्शाउँछन् ।
७. कमीकमजोरीमा क्षमा दिने
गल्ती। कमीकमजोरी मानवीय स्वभाव नै हो । जतिसुकै राम्रो गर्छु भने पनि कहिलेकाहीं गल्ती भइहाल्छ । समझदार दम्पतीले एकले गल्ती गर्दा अर्कोले कहिल्यै गाली गर्दैनन् । ‘काम गर्दै जाँदा यस्तो भइहाल्छ नि’ भनेर सम्झाउँछन्, गल्तीमा माफी दिन्छन् । उनीहरु एकअर्कामा आरोप–प्रत्यारोप गरेर बस्दैनन्, एकअर्काको कमीकमजोरी देखाएर होच्याउँदैनन्, बारम्बार एउटै कुरा गरेर बस्ने गर्दैनन् ।