Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफैलाई मत हाल्न पाएनन्, उनीहरूले नै बाजी मारे


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १३ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ – उपनिर्वाचनको मतपरिणामअनुसार गज्जबको संयोग देखिएको छ । बारा, चितवन र तनहुँ तीनवटै निर्वाचन क्षेत्रमा आफूलाई मत नहालेका उम्मेदवारले जित हात पारेका छन् भने आफैँलाई मत हालेका उम्मेदवारहरूले हार ब्यहोरेका छन् ।

चितवन-२ र तनहुँ-१ मा उम्मेदवारी दिएका दुवै नेपाली कांग्रेसका उम्मेदवारले मतदान गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एमालेका उम्मेदवारले आफूलाई मत हाल्न पाएका थिएनन् । चितवनबाट निर्वाचित रवि लामिछानेको मतदाता नामावली चितवनमा नरहेका कारण उनले आफूलाई मत हाल्न पाएनन् । तर उनले निर्वाचनमा गत मंसिरमा भन्दा बढी मत र मतान्तरसहित जित हात पारेका छन् । रविले आफैले आफैँलाई मत हालेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई ४३ हजार भन्दा बढी मतान्तरले पराजित गरेका छन्  । नेकपा एमालेका रामप्रसाद न्यौपाने चितवनकै भएपनि उनको मतदाता नामावली चितवन ३ मा रहेको थियो ।

तनहुँ-१ मा पनि आफैँलाई मत हालेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले हार व्यहोरेका छन्  । उनलाई २४ दिन अघि नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका अर्थविद डा. स्वर्णिम वाग्लेले पराजित गरेका हुन्  । तनहुँमा पनि आफूलाई मत हाल्ने गरी चुनावी मैदानमा उत्रिएका अरू उम्मेदवारहरूले पराजय भोगेका छन् ।

बारा-२ बाट निर्वाचित जनता समाजबादी पार्टी जसपा अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले आफूलाई मत हाल्न पाएका थिएनन् । यादवको मतदाता नामावलीको नाम सुनसरीमा हुँदा उनी आफूलाई मत दिन वञ्चित भए तर, जित निकालेका छन् । उनले त्यहाँ आफूलाई भोट हालेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुसवाहलाई पराजित गरेका छन् । यादवले २८ हजार ४१५ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरेका छन् । यादव ५ हजार ८१ मतान्तरले विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४