Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा उक्लियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १३ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बईले ९ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

शुभमन गिलको अर्धशतक अनि डेविड मिलर, अभिनव मनोहर र राहुल तेवाटिया आक्रामक ब्याटिङमा गुजरातले दुई सय रनको स्कोर कटाएको थियो ।

गिलले ३४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए । मिलरले २२ बलमा ४६ रन बनाउँदा २ चौका र ४ छक्का प्रहार गरे । अभिनव मनोहरले २१ बलबल खेल्दै समान ३ चौका र छक्का प्रहार गरी ४२ रन जोडे । तेवाटियाले ५ बल खेल्दै ३ छक्का मद्दतमा अविजित २० रन बनाए ।

अभिनव, मिलर र तेवाटिया चम्कँदा गुजरातले अन्तिम चार ओभरमा ७० रन जोडेको थियो । विजय शंकर १९ र कप्तान हार्दिक पाण्ड्या १३ रनमा आउट भए ।

मुम्बईका पियुष चावलाले २ तथा अर्जुन तेन्दुलकर, जासोन बेहरेनडोफ, राइले मेरेडिथ र कुमार कार्तिकेयले समान १–१ विकेट लिए ।

बलिङमा गुजरातको अफगानी स्पीन जोडी रासिद खान र नुर अहमद चम्कपिएपछि गुजरातले मुम्बईलाई १५२ रनमै रोक्न सफल भयो । कप्तान हार्दिकले मुम्बईका कप्तान रोहित शर्मालाई दोस्रो ओभरमै कट एण्ड बोल्ड गरे । त्यसपछि मुम्बईले नियमित अन्तरमा विकेट गुमायो । रासिदले इशन किसन र तिलक बर्माको विकेट लिए । नुरले क्यामरुन ग्रीन र सूर्यकुमार यादव र हार्ड हिटर टिम डेविडलाई आउट गरे ।

मुम्बईका लागि नेहाल वाडेरले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीनले ३३ र सूर्यकुमारले २३ रन जोडे । पियुष चावलाले १८ तथा इशान किसन र अर्जुन तेन्दुलकरले समान १३ रन बनाए ।

गुजरातका नुर अहमदले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रासिदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मोहित शर्माले पनि २ विकेट लिए ।

सात खेलमा पाँचौ जित हात पारेको गुजरातले १० अंक जोडेको छ । शीर्ष स्थानको चेन्नाई सुपर किंग्स समान अंक जोडेपनि रनरेटमा पछि पर्दै गुजरात दोस्रो स्थानमा छ ।

यस सिजन चौथो हार बेहोरेको मुम्बई ७ खेलबाट ६ अंक जोडेर सातौं स्थानमै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४