Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा तोसिमा कार्कीले सोधिन-मेरो प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १२ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै असन्तुष्टि जनाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूले स्वास्थ्य बीमा, नख्खु–भैंसेपाटी सडक र स्वास्थ्यकर्मीको दरबन्दीका विषयमा राखेको प्रश्नको सरकारले जवाफ नै नदिएको बताएकी हुन् ।

हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ–७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खैं ललितपुरमा स्वास्थ्य बीमा कहिले आउँछ ? नख्खु–भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढछ ? यी प्रश्नहरुको जवाफ आएन । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने भन्दै सांसद कार्कीले अहिलेसम्म संसदमा के–के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरुको अवस्था के छन् आम नागरिकले हेर्न मिल्ने गरी वेबसाइटमा राख्न माग गरेकी छन् ।

उनले ललितपुरमा स्वास्थ्य बिमा, स्वास्थ्यकर्मीहरूको थप दरबन्दी र नख्खु–भैंसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनी सरकारलाई प्रश्न पनि गरिन् । सांसद कार्कीले भनिन् ‘हामी संसदमा आई पुग्न निर्वाचनमा अर्बौँ खर्च हुन्छ । एक दिनको संसद् बैठकमा लाखौँ खर्च हुन्छ । आर्थिक पक्ष भन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग ।

हामी प्रश्न उठाउँछौँ, उत्तर आउँदैन । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियममा स्पष्ट व्यवस्था छ–७ दिन भित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ । तर, खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ ? नख्खु–भैंसेपाटी सडक कहिले बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ ? यी प्रश्नहरूको जवाफ आएन । यो सदन हामी सांसदहरूको भन्दा पनि सार्वभौम नेपाली जनताको बढी हो । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक छ । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के–के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरुको अवस्था के छन ? आम नागरिकले हेर्ने गरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् ।’

सांसद कार्कीले सरकारका मन्त्रीहरुले सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति समेत जनाइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४