Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“तनहुँ-१ मा फराकिलो मतान्तरसहित डा.स्वर्णिम वाग्लेको शानदार जित”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १२ २०८०
  • 1.5K
    SHARES

काठमाडौँ । तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अर्थविद डा. स्वर्णिम वाग्लेले शानदार जित हासिल गरेका छन् । अर्थविद  डा. स्वर्णिम वाग्लेले ३४ हजार ९१९  मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३८८ मतान्तरले पराजित गरेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेका छन्  । कुल ४२ वडा रहेको यस क्षेत्रमा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।

गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो । मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए । त्यति बेला नेकपा एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४