Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १० २०८०
  • 1.7K
    SHARES

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो ।

यो कीर्तिपुर मैदानमा ५० ओभरमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो । यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । १७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए ।

आइतबारको अर्को खेलमा मलेसियाले ओमानसामु २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२७ रनको योगफल खडा गरेको हो । मलेसियाका विरन्दिप सिंहले ९४ रन बनाए । मोहम्मद सहादतले ५५ रन बनाए ।

ओमानका कप्तान जिसन मक्सुदले चार विकेट लिए । १० ओभर बलिङ गरेका मक्सुदले ३५ रन खर्चिए ।

प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । मलेसियाले दुई खेलमध्ये एकमा जित र एकमा हारको नतिजा आत्मसाथ गर्दा ओमानले पनि एक खेलमा जित र अर्कोमा हार व्यहोरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४