काठमाडौँ । निर्वाचन आयोगको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द् भट्टराईसँग आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
भट्टराईले २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत् उपस्थित भएर स्पष्टीकरण दिन समितिले निर्देशन दिएको छ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार रहेको भट्टराई नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हुन् ।
