Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एलन मस्कको नयाँ रकेट पहिलो उडानमै विस्फोट अन्तरिक्षमा पर्यटक लैजाने योजनामा धक्का


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ८ २०८०
  • 1.8K
    SHARES

एजेन्सी । अर्बपति धनाढ्य एलन मस्कको स्पेस एक्स कम्पनीको विशाल नयाँ रकेट आफ्नो पहिलो उडानमै विस्फोट भएको छ ।

पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने योजना बनाइरहेका मस्ककोलाई रकेट विस्फोट भएपछि धक्का लागेकाे हाे । अमेरिकाको टेक्सस राज्यको पूर्वीतटबाट स्थानीय समय अनुसार बिहीबार बिहान उडेको स्टार शिप नाकमो रकेट परीक्षण उडानको ४ मिनेटमै विस्फोट भएको हो ।

रकेटमा अन्तरिक्ष यात्री नभएकाले मानवीय क्षति भने नभएन जनाइएकाे छ । उडानको २ देखि ३ मिनेटपछि रेकट नियन्त्रण बाहिर गएर अन्तरिक्षमै विस्फोट भएको हो । यो रकेट अहिलेसम्म बनेको सबै भन्दा ठूलो रकेट थियो ।

परीक्षण उडान असफल भएपछि मस्कले आफ्नो कम्पनीले अब केही महिनापछि पुनः प्रयास थाल्ने बताएका छन् । स्पेस एक्स कम्पनीको दोस्रो रकेट पनि उडानका लागि तयार भइरहेको जनाइएकाे छ ।

अमेरिकामा रकेट प्रक्षेपणको इजाजत दिने संघीय उड्डयन प्रशासनले रकेट विस्फोटको अनुसन्धान गर्ने जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४