Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन, शीर्ष नेताहरुको दौडधुप आज मध्यरातदेखि”मौन अवधि”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ७ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । यही वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज बिहीबार अन्तिम दिन हो । बिहीबार नै राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु बिहीबार दिनभर अन्तिम प्रचारमा जुटेका छन् ।

मतदान सुरू हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरुलाई बिहीबार दिनभर मात्रै प्रचार प्रसारको समय रहेको हो ।

मौन अवधि सुरू भएपछि कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुले बिहीबार दिनभर सबै शक्ति चुनाव प्रचारमा लगाउने भएका छन् ।

सत्ता गठबन्धनले बिहीबार बारा क्षेत्र नम्बर २ मा कार्यक्रम गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरु गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचार गर्न बारा जाने भएका छन् ।

गठबन्धनका शीर्ष नेताहरु बाराबाट चितवनको क्षेत्र नम्बर २ मा हुने चुनावी सभामा सहभागी हुन जाने कार्यक्रम रहेको छ । चितवनको चुनावी सभामा नेपाली कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइ पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

यस्तै, प्रतिपक्षी नेकपा एमालेले पनि बिहीबार शीर्ष नेताको उपस्थितीमा बारामा चुनावी सभाको आयोजना गर्दैछ । सभालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, सचिव रघुवीर महासेठलगायतले सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४