Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पार्किङमा राखेको गाडी कैँचीको सहयोगमा लक खोलेर चोरी ! कीर्तिपुरबाट दुई जना आरोपी पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ५ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । पार्किङमा राखेको गाडी चोरी हुन्छ भन्दा सहजै पत्याउन सकिँदैन । तर, चोभार स्थित सुख्खा बन्दरगाह अगाडी पार्किङ गरेर राखेको गाडी चोरी भएको छ । चैत ३० मा राजेन्द्र खड्काले कीर्तिपुर नगरपालिका–६ चोभार स्थित सुख्खा बन्दरगाह अगाडी ना.५ च ९६५७ नम्बरको टाटा डिआई गाडी पार्किङ गरेका थिए । पार्किङ गरेकै ठाउँबाट राति १० बजेतिर गाडी गायब भयो । राजेन्द्रले प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामालाई घटनाको जानकारी गराएका थिए  । 

चैत ३० मा राति ११ बजेतिर प्रहरीलाई अर्को खबर आयो–‘चारघरेमा सुवर्ण महर्जनले संचालन गरेको चक्र तीर्थ मल्टिपर्पोज प्रालि.को गोदाममा राखिएको सवारीका पार्टपुर्जा चोरी भएको छ ।’ कीर्तिपुर नगरपालिका–६ स्थित पानी सप्लाई गर्ने सो कम्पनीबाट पानी तान्ने मोटर, ब्याट्री र पानी भर्ने कालो वाटर ट्याङ्क गरेर करिब २ लाखको सामान चोरी भएको थियो । 

पानी सप्लाई कम्पनीबाट मोटर लगायतका सामान चोरेपछि आरोपीहरूले सो सामान ढुवानी गर्न गाडी चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । चोरीमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताएका छन् । पक्राउ पर्नेमा मकवानपुरको इन्द्र सरोवर गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २८ वर्षीय अशोक लामा र थाहा नगरपालिका घर भएर कीर्तिपुर नगरपालिका स्थित चोभार बस्ने २३ वर्षीय किरण स्याङतान छन् । चोरीमा संलग्न एक जना फरार छन् । 

कैँचीको सहयोगमा चोरी 

पार्किङमा राखेको टाटा डिआई गाडी चोर्न आरोपीहरूले कैँचीको सहयोग लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘गाडीको सिसा फुटाएपछि उनीहरूले कैँचीको सहयोग लिएर स्टार्ट गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘कैँचीको सहयोगमा गाडी स्टार्ट गरेर उनीहरूले पानी कम्पनीमा लगेर सामान लोड गरेर भागेको देखिन्छ ।

अनुसन्धानबाट वैशाख २ मा बिहान १ बजे चोभार डाँडा स्थित चउरमा चोरीको गाडी भेटिएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले बताएका छन्  । गाडीसँगै आरोपीहरू पनि भेटिएका हुन् । 

आरोपीहरू विरुद्ध प्रहरी वृत्त कीर्तिपुरले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपीहरू चालक र सहचालक पेसामा संलग्न थिए । आरोपी मध्येका अशोक यसअघि पानी सप्लाई कम्पनी चक्र तीर्थ मल्टिपर्पोज प्रालिमा चालकको काम गर्थे । किरण स्याङतान सवारीको पार्टपुर्जा चोरी भएको कम्पनीमा सह–चालक थिए । उनीहरूले यसअघि नै त्यहाँ काम छाडेको चक्र तीर्थ मल्टिपर्पोज प्रालि.ले जनाएको छ । 

चोरी भएको सामान र गाडीको मूल्य करिब ६ लाख ९९ हजार रहेको मूल्याङ्कन गरिएको छ । प्रहरीले सिसिटिभी फुटेको सहायताले अनुसन्धान गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४