Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थापासँगै सुतेका मुकुल ढकालका चालक नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ४ २०८०
  • 2K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालकसँगै सुतेका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रविका चालक दिलबहादुर थापा गएराती भरतपुर महानगरपालिका ११ स्थित घरको अढाई तलाबाट खसेका थिए ।

सँगै सुतेका ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिएका छन्  । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय चालक थापाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रविका चालक राति ३ः५४ बजे अढाई तलाबाट खसेको सिसिटिभी फुटेज भेटियो, अवस्था गम्भीर

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी) रामेश्वर कार्कीकाअनुसार उनी राति ३ बजेर ५४ मिनेटमा अढाई तलाबाट खसेर गम्भीर घाइते भएका हुन् ।चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा हुन् ।

‘थापा राती ३ः५४ बजे खसेको सिसिटिभी फुटेजमा देखिन्छ । टाउको र खुट्टामा गम्भीर चोट लागेको छ,’ एसपी कार्कीले भने, ‘भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा पुर्‍याइएका छौँ । अवस्था गम्भीर रहेको टाउकोको अप्रेसन सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४