Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ३ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । काठमाडौंमा ५ वैशाखदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।

नेपालको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । पछिल्लो पटक घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्ने टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

यस पटक अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा रहेका छन् । पछिल्लो पटक वैकल्पिक स्थान बनाएका श्याम (मौसम) ढकालको स्थानमा किशोर महतो आएका छन् ।

देव खनाल, कमल सिंह ऐरी र श्याम ढकाल प्रारम्भिक टोलीम रहे पनि अन्तिम टोलीमा पर्न सकेनन् ।

एसीसी प्रिमियर कपमा एसियाका टेष्ट खेल्ने बाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल र ओमानसँगै मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

उद्घाटन खेल नेपाल र मलेसियाबीच मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरका साथैर मुलपानी क्रिकेट मैदानमा पनि हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४