Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महोत्सवमा ४० टन आलुको कारोवार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ३० २०७९
  • 2.4K
    SHARES

हेमजा, ३० चैत।११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत बिहीवारसम्म ४० टन आलुको कारोवार भएको छ ।त्यहाँ प्रतिकिलो रु.३५ मा आलु बिक्री हुँदै आएको छ। आलु किन्नकै लागि कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्ला स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ लगायतका ठाउँबाट समेत मानिसहरु महोत्सव स्थल आउने गर्नुभएको छ।

हावापानीका कारण अन्य स्थानको भन्दा हेमजामा फलेको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो छरितो पाक्ने हुनाले हेमजामा उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिनुभयो। बिहीवार मात्रै १० टन बढी आलुको कारोवार भएको छ ।जसअनुसार कुल ३ सय ५० जनाले विभिन्न परिणाममा आलु किनेर लगेका छन् ।हालसम्म एक जनाले न्यूनतम १० केजीदेखि अधिकत्तम पाँच सय केजीसम्म आलु किनेर लगेको संयोजक तिमिल्सीनाले बताउनुभयो।

महोत्सव अन्र्तगत बिहीवार लोकदोहोरीतर्फ राजन कार्की, सरस्वती लामिछाने, ज्योति लोहोनी, विनोद रामदाम र राजेन्द्र पोखरेल, पप कन्सर्टतर्फ लाहुरे, काल रात्री, गगन गुरुङ तथा रक्षा व्याण्ड साथै हास्यतर्फ राजेन्द्र गिरी, मिना गिरी, मनोज गोर्खाली (होचा व्यक्ति) लगायतले प्रस्तुति राख्नुभयो । त्यस्तै शुक्रवार अर्थात नववर्षको दिन लोकदोहोरीतर्फ बद्री पगेनी, माया गुरुङ, कमला सुनार, सुभद्रा श्रेष्ठ र सन्तोष सुवेदी, पपतर्फ अस्मिता अधिकारी, सुनिल गायक, गगन गुरुङ र यम नेपालीका प्रस्तुतिहरु रहनेछन् ।त्यस्तै रत्यौली गीत प्रतियोगिता भने जारी छ ।

बिहीवार महोत्सवलाई सम्बोधन गर्दै कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले आलुलाई बान्डिङ गर्न सफल भएकोमा हेमजावासीलाई बधाई दिर्दै आलुको उत्पादन तथा उत्पादकत्व बढाउन पहल गर्नुपर्ने बताउनुभयो ।जात्रा, मेलाको परिष्कृत रुप नै महोत्सव भएको औँल्याउँदै निर्देशक डा. उपाध्यायले महोत्सवसँगै कला संस्कृतिको पनि संरक्षण भइरहेको उल्लेख गरे।

सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो । महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४