Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“कल्याणकारी कोष” स्थापना गर्न जुट्दै रामेछाप कलाकार समाज बैशाख ९ गते भब्य सांस्कृतिक कार्यक्रम हुदै “सहयोग जुटाउने अभियान सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २९ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाजले “कलाकार कल्याणकारी कोष स्थापना”गर्ने भएको छ। नयाँ वर्ष २०८० को पावन अवसरमा यहिँ बैशाख ९ गते काठमाडौंमा “कल्याणकारी कोष स्थापना”का लागि भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले जानकारी दिएका छन् ।

अनामनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले भने,”नयाँ वर्ष २०८० को पावन अवसरमा यहिँ  बैशाख ९ गते बृहत सांस्कृतिक कार्यक्रम गर्न लागेका छौं । उक्त दिन “नयाँ वर्षको शुभकामना” आदानप्रदानका साथै, रामेछापबाट निर्वाचित सांसदहरुलाई सम्मान, स्रष्टा सम्मान, संस्थागत कलाकारलाई सम्मान पनि गर्नेछौं। उनले कला, साहित्य र सूचना एक आपसमा अपरिहार्य भएकाले सहकार्य गर्न सबैलाई आग्रह गरेका छन्।

सांस्कृतिक कार्यक्रमबाट उठेको रकमलाई कल्याणकारी कोषमा राखिने संस्थाकी उपाध्यक्ष सन्ध्या सानुले जानकारी दिइन्। उनले भनिन्,‘हामी कार्य समिति र सदस्यबाट पनि कोषका लागि रकम उठाउँछौं । अन्य दातासँग पनि सहयोग जुटाउन लागि पर्छौं।”

रामेछापका जिल्लाबासी कलाकारलाई समस्या पर्दा सहयोग गर्ने उद्देश्यले हाललाई कम्तिमा ५ लाखको कोष स्थापना गर्न लागिएको रामेछाप सांस्कृतिक कलाकार समाजका महासचिव गोविन्द गौतमले जानकारी दिएका छन् । कलाकार कल्याणकारी कोष सञ्चालनको लागि नियमावली बनाएर अगाडि बढ्ने उनको भनाई रहेको छ। नेपाली कला क्षेत्रको विकास र प्रवर्द्धनमा लामो समयदेखि कलाक्षेत्रको श्रीवृद्धिमा योगदान गर्दै आएका कलाकार अति समस्यामा परेको समयमा आवश्यक सहयोग गरिने रामेछाप सांस्कृतिक कलाकार समाजले जानकारी दिएको छ। सानो रकमबाट कोष स्थापना भएपनि भविष्यका लागि कलाकारका लागि कोष लाभदायक बन्ने उनको भनाई रहेको छ।

महासचिब गौतमका अनुसार उक्त कार्यक्रममा रामेछाप – काठमाडौं पत्रकार समाज मिडिया पार्टनर रहेको छ। रामेछाप सांस्कृतिक कलाकार समाज वि.स‌ं. २०६६ सालमा स्थापना भएको हो। रामेछाप सांस्कृतिक कलाकार समाजले रामेछापका ८ वटै स्थानीय तहमा समन्वय समिति समेत गठन गरेको पनि जानकारी दिएका छन् ।

रामेछाप सांस्कृतिक कलाकार समाज बिदेश बिभागका सल्लहाकार तथा समाजसेवी सुवान चौलागाई ज्युले अस्टेलियाबाट रू ३०,००० तिष हजार रुपैयाँ सहयोग गर्नु भएको छ सो रकम रामेछाप सांस्कृतिक कलाकार समाजलाई प्राप्त भएको छ !! 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४