Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अघिल्लो महिना भन्दा महँगी घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २८ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । समग्र बजार महँगीदरमा अघिल्लो महिनामा भन्दा सुधार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार माघ महिनाको तुलनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ओरालो लागेको हो ।

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिमा राम्रो सुधार देखिए पनि गैरखाद्य तथा सेवातर्फको महँगी भने झिनो मात्रै सुधार देखिएको छ । फागुन महिनासम्म समग्र मुद्रास्फीति ७.४४ प्रतिशतमा झरेको छ । माघ महिनामा यस्तोदर ७.८८ प्रतिशत थियो । तर गत वर्ष फागुनसम्म यस्तो दर भने ७.१४ प्रतिशत थियो ।

अघिल्लो महिनाको तुलनामा खाद्य तथा पेय पदार्थको समग्र मुद्रास्फीति ६.१९ प्रतिशतबाट घटेर ५.६४ प्रतिशतमा सीमित भएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा झण्डै २ प्रतिशतले कम हो । गत वर्ष खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ७.५१ प्रतिशत थियो । यस्तै गैर खाद्य तथा सेवातर्फको मुद्रास्फीति भने गत वर्षको तुलनामा २ प्रतिशतले उच्च रहेपनि यस्तो दरमा गत महिनामा भन्दा सुधार आएको छ । माघमा गैर खाद्य तथा सेवाको मुद्रास्फीति ९.२२ प्रतिशत थियो ।

समीक्षा महिनामा खद्य तथा पेय पदार्थ समूह अन्र्तगत खाद्य तथा खाद्यजन्य पदार्थको वार्षिक विन्दुगत मूल्य सूचकांक १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको खानाको १४.३५ प्रतिशत, मसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गैर खाद्य तथा सेवा समूह अन्र्तगत यातायात उपसमूहको मूल्य सूचकांङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायससी उपकरण ८.७९ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । गत वर्ष फागुनमा काठमाडौं उपत्यकामा मुद्रास्फीति ६.६७ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत थियो । २०७९ फागुनमा वार्षिक थोक मुद्रास्फीति ७.१० प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा थोक मुद्रास्फीति १३.१३ प्रतिशत थियो । समीक्षा महिनामा उपभोग्य वस्तु २.१९ प्रतिशत, मध्यवर्ती वस्तुको १०.३३ प्रतिशत र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि ४.९६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामाग्रीको थोक मूल्यवृद्धि ६.५८ प्रतिहत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४