Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाले आज ढाकाकुमारसँग बयान लिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २८ २०७९
  • 2K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ । रास्वपाको अनुशासन समितिले श्रेष्ठलाई पार्टी कार्यालय  बसुन्धार बोलाएर बयान लिन लागेको हो ।

स्वास्थ्य मन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आग्रह गरेको अडियो आइतबार सार्वजनिक भएको थियो । रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले आज सांसद श्रेष्ठको बयान लिन लागिएको बताएका छन्  ।

उनले भने, ‘अब हाम्रो बैठक बस्दैछ । आज ढाकाकुमार श्रेष्ठको बयान लिन्छौँ । बयानका लागि पार्टी कार्यालय बोलाएका छौँ ।

देवकोटाका अनुसार सोमबार साँझ पार्टीको ताकेता पछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् । 

उनका अनुसार सम्भव भएसम्म आजै छानबिन सकेर विधानअनुसार अनुशासन समितिले पार्टीको केन्द्रीय समितिलाई सुझाव दिने छ। समितिको सुझावलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार केन्द्रीय समितिलाई नै रहेको देवकोटाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४