Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट तयार, प्रहरीले थाल्यो अनुसन्धान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २८ २०७९
  • 5K
    SHARES

 काठमाडौँ । चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण कार्य रोकिएको जनाएको छ । रिएजेन्ट अभावका कारणले कोरोना परीक्षण रोकिएको हो । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ ।

तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिएका छन्  ।

नक्कली रिपोर्ट बनाउनेहरुको बारेमा अनुसन्धान अगाडि बढाइएको पनि उनले जानकारी दिएका छन्  । ‘खोजी कार्य जारी छ, अहिलेसम्म कोही पक्राउ परेको छैन,’ प्रवक्ता पण्डितले भने, ‘अनुसन्धानबाट दोषीहरु पक्राउ गरेर सरकारी कागज किर्ते तथा छाप दुरुपयोगलगायतका अन्य मुद्दामा कारबाही हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४