Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“आजबाट भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सुरु”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २७ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरू हुँदैछ । तौमढी पाँचतले मन्दिर अगाडि बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा सुरु गरिन्छ  ।

“बिस्का” पनि भनिने बिस्केट जात्रा लिच्छविकालदेखि सुरु भएको मानिन्छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने र वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने गर्दछन् । यही क्रममा चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहित लिंगो ठड्याउने, वैशाख १ गते दिनभर लिंगो जात्रा गरी साँझ सो लिंगो ढाल्ने गरिन्छ ।

भैरवको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच कहिलेकाहिँ झगडा हुँदा तनावको स्थिति पनि सिर्जना हुने गर्दछ । त्यसैले जत्रालाई शान्तिपूर्ण रुपमा मनाउन आह्वान गर्दै भक्तपुरमा आइतबार सदभाव र्‍याली निकालिएको थियो ।

गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिएकी छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४