Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा बलेरो दुर्घटनामा ५ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २३ २०७९
  • 3.5K
    SHARES

काठमाडाैं। रामेछापमा बोलेरो दुर्घटना भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनीमा विहिबार भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । सदरमुकाम मन्थलीबाट कौछिनी तर्फ जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट करिव एक सय मिटल तल खस्दा घटना स्थलमै ४ जनाको र एक जनाको रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
मृतक पाँचै जनाको सनाखत भएको प्रहरी प्रवक्ता राजुप्रसाद ढकालले बताएका छन्  ।

ढकालका अनुसार मृत्यु हुनेमा मन्थली नगरपालिका– ७ कौछिनी ८२ वर्षकी नन्दमाया भण्डारी, ६८ वर्षकी जेशुङ तामाङ, ४० वर्षकी ज्यान रानी तामाङ, ५० वर्षको दल बहादुर आलोमगर र सुनापती गाउँपालिका– १ गुन्सीकी ८ वर्षकी लाक्पा घिसिङ रहेका छन् । मृतक मध्ये चार जना बोलेरोमा सवार यात्रु रहेको र १ जना चालक रहेको प्रहरी प्रवक्ताले बताएका छन्  ।

त्यस्तै दुर्घटना परी घाइते हुनेहरुमा मन्थली नगरपालिका– ६ की ३५ वर्षकी बिमला गोले, निजकै दुई छोरी ११ बर्षकी ओजेस्वी लामा र ५ वर्षकी सम्भावी लामा, मन्थली नगरपालिका– ७ कौछिनीका ७० वर्षका भक्त बहादुर लामा, ४४ वर्षका बेद बहादुर बुढाथोकी, ६० वर्षकी मनमाँया तामाङ, ४७ वर्षकी दुर्गामाँया खड्का, २५ वर्षका कमल गोले, ३४ वर्षका हरी बहादुर थोकर, गोकुलगंगा गाउँपालिका– ५ रस्नालुकी २७ वर्षकी निस्मा मग्राती र उनकी छोरी ३ वर्षकी निनिमा मग्राती रहेका छन् ।

घाइते ११ जना मध्ये ११ वर्षकी ओजेस्वी लामाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । गम्भिर घाइते भएकी ११ वर्षकी ओजेस्वी लामा सहित ३ जनालाई थप उपचारको लागि एम्बुलेन्स मार्फत काठमाण्डौ पाठाइएको छ भने अन्य घाइतेलाई मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । डबल क्याप बोलेरोमा १६ जना सवार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४