Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सौराहामा काटियो हात्तीको सूँड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २२ २०७९
  • 1.5K
    SHARES

काठमाडौँ । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो ।

सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सूँड काटिएको हो । ‘काटिएको सूँडको भाग जोड्न नमिल्ने अवस्थामा छ’ खतिवडाले भने, ‘यस्तो आपराधिक काम गरेर निर्दोष जनावरलाई दुःख दिने कस्ता मान्छे होलान् ?

हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको खतिवडाले बताए । हात्ती पीडाले कराएपछि हेर्न जाँदा सूँड काटिएको अवस्थामा भेटिएको उनको भनाइ छ । उनले हात्तीलाई मार्ने उद्देश्य राखेर नै सूँड काटिएको हुनसक्ने बताए ।

हात्तीको सूँड काट्नेको खोजी र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४