Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आलु महोत्सवको तयारी अन्तिम चरणमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २० २०७९
  • 2K
    SHARES

श्रीभद्र पौडेल
काठमाडौं । हेमजा यहि चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिव ७० प्रतिशत पुरा भएको जनाएको हो।

क्लव अध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उध्यान व्यवस्थापन, आलु ग्रडिङ गरी संकलन गर्ने लगायतका कार्य घमाधम भइरहेको बताए । महासचिव बसन्तकुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै चिनाएको स्पष्ट पारे। महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने भएको छ ।

कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लवले निरन्तरता दिन लागेको हो । महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लव भवन, तरकारी संङकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य पनि राखिएको छ ।

पत्रकार सम्मेलनमा धारणा राख्दै पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवसँगै हेमजाको आलुको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्दै हेमजामा बढी मात्रामा लगाउने गरिएको एम्एस ४२ जातको निलो आलु हाल सूचिकरण भइसकेको जानकारी दिए ।उनले समग्रमा कृषि पेशा प्रति विकर्षण बढ्दै जानु दुःखद् भएको औँल्याउँदै महोत्सवकै अवसर पारी महाशाखाले कृषक परिचयपत्र वितरण गर्न लागेको पनि बताए ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले गुणस्तरीय मूल बीऊ, हावापानी लगायतका कारण उत्पादन घट्ने गरेको तथ्य आगाडि सार्दै हेमजालाई विशेष वीऊ उत्पादन पकेट क्षेत्र निर्माण गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले महोत्सव समग्रमा कास्कीवासीको चाड भएको उल्लेख गर्दै हेमजावासीले विषादीरहित तरकारी उत्पादनमा जोड दिनुपर्ने बताइन् ।

अग्रज कृषक चित्रनाथ पौडेलले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिर्दै महोत्सवमा कृषक सहभागिता बढाउनुपर्ने बताए । महोत्सव अन्र्तगत ३० देखि ४० टनको आलुको पहाड निर्माण गरिदैछ ।त्यस्तै साधारण प्रवेशका लागि रु.८० र विद्यार्थीका लागि रु.५० लाग्ने टिकट व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४