काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ । उक्त पार्टीले तनहुँ १ र चितवन २ मा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो ।
सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाएको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । नेकपा एकीकृत समाजवादीले तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र चितवन २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई सहयोग गर्ने भएको छ ।
तनहुँ १ मा सो पार्टीको समानुपातिक मत ९५० र चितवन २ मा समानुपातिक मत ६१६ मात्रै छ । यस्तै बारा २ मा पनि नेकपा एकीकृत समाजवादीले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । यस क्षेत्रमा नेकपा एकीकृत समाजवादीको समानुपातिक मत १ हजार ९९६ मत रहेको छ ।