Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

असन्तुष्ट नेविसंघको एक समूहले थाल्यो कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १९ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । नेविसंघको एक समूह नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेको छ ।

नेविसंघ सभापति दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट नेविसंघको एक समूहले शनिबारदेखि रिले अनसन सुरू गरेको हो ।

शनिबार पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए भने आइतबार (दोस्रो दिन) अमन भुसाल (रुपन्देही) र राजेन्द्र चटौत (कैलाली) अनशनमा बसेका छन् ।

सभापति शेर्पाको म्याद सकिएकोले सो कार्यसमिति खारेज गर्नुपर्ने, नयाँ पदाधिकारीसहित विधानसम्मत समिति ल्याउनुपर्ने र अवैधानिक तरिकारले पत्र पठाउँदै जिल्ला अध्यक्ष तोक्ने काम बन्द गरिनुपर्ने उनीहरूको माग छ ।

साथै उनीहरूले १२ औं महाधिवेशन तत्काल गर्न माग समेत गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको निर्णयअनुसार काठमाडौंका दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गर्नु भएको थियो ।

शेर्पालाई प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४