Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ‘प्रचण्ड’ क्याबिनेटमा कर्णालीले पायो तीन मन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १८ २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कर्णालीले तीन मन्त्री पाएको छ । यसअघि शून्य रहेकोमा सत्ता समीकरण फेरिएसँगै कर्णालीले तीन मन्त्री पाएको हो ।

प्रधानमन्त्रीले शुक्रबार गरेको मन्त्रीपरिषद् पुनर्गठन कर्णालीका ३ जना सांसद मन्त्री भएका छन् । जसमा नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री, नेकपा माओवादीका केन्द्रका उपमहासचिव शक्ति बस्नेत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन् ।

  • उपप्रधान तथा रक्षा मन्त्री -पूर्ण बहादुर खड्का

कर्णालीबाट “प्रचण्ड” क्याबिनेटमा उपप्रधान तथा रक्षा मन्त्री बनेका नेपाली काँग्रेसका उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सांसद पूर्ण बहादुर खड्का “प्रचण्ड” नेतृत्वको सरकारमा दोस्रो वरियतामा रहेका छन् । यसअघि २०४८, २०५१ र २०५६ मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका उनी २०६४ मा भने समानुपातिक सांसद भएका थिए ।

२०७० मा प्रत्यक्ष चुनाव जितेर सांसद भएका खड्का २०७४ मा पराजित भएका थिए भने यो पटक सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा चुनावमा विजयी भएका थिए । यो पटक सहित ६ पटक सांसद भएका खड्का यसअघि दुई पटक गृहमन्त्री भइसकेका छन् । यस्तै युवा तथा खेलकुद मन्त्री, सञ्चार मन्त्री, उद्योग वाणिज्य मन्त्री समेत भएर राज्य सञ्चालन गरेको अनुभव उनीसँग छ । सम्भवतः कर्णालीबाट धेरै पटक सांसद तथा मन्त्री बन्ने खड्का नै पहिलो व्यक्ति हुन् ।

  • ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री -शक्ति बस्नेत

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गरेको मन्त्रीपरिषद् पुनर्गठनमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बनेको शक्ति बहादुर बस्नेत जाजरकोटका हुन् । नेकपा माओवादी केन्द्र जाजरकोटबाट तीन पटक चुनाव जितेका बस्नेत यो सँगै चौथो पटक मन्त्री बनेका हुन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका उनी यो भन्दा पहिले गृहमन्त्री समेत भएका थिए । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृहमन्त्री बनेका थिए । यस्तै २०७४ शालमा वन तथा वातावरण मन्त्री बनेका उनी अहिले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रबाट २०६४ मा पहिलो पटक संविधानसभा चुनावमा समानुपातिक सांसद बनेका बस्नेत ०७०, ०७४ र ०७९ को निर्वाचनमा प्रत्यक्षतर्फबाट उनी विजयी भएका थिए ।

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री -प्रकाश ज्वाला

“प्रचण्ड”ले गरेको मन्त्रीपरिषद् पुनर्गठनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला २०५१ को आम निर्वाचनमा नेकपा एमाले सल्यान क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका उनी २०५६ को आम निर्वाचनमा पनि नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

उनले २०७० सालमा समेत चुनाव जितेका थिए । २०७४ मा नेकपा एमालेबाट सल्यान प्रदेश सभा (ख) बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका ज्वाला कर्णाली प्रदेशको पहिलो अर्थमन्त्री पनि बनेका थिए । तत्कालीन नेकपाभित्रको अन्तरसंघर्षका क्रममा उनले कर्णाली प्रदेश सभामा नेकपा एमालेविरुद्ध विद्रोह गर्दै माधव नेपालको पक्षधरको नेतृत्व गरेका थिए ।

त्यसबेला उनीसहित तत्कालीन नेकपा एमालेको ४ जना नेताले ‘फ्लार क्रस’ गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सत्ता समेत जोगाएका थिए । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट तत्कालीन गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जितेका उनै प्रकाश ज्वाला अहिले “प्रचण्ड” क्याबिनेटका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४